बहुमत नपाएपछि धाँधली भएको नेतन्याहुको आरोप

काठमाडौं । इजरायलमा भएको निर्वाचनको ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको छैन । त्यसपछि नेतन्याहुले अरब पार्टीहरूमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने अरब पार्टीहरूले मत ‘चोरेको’ आरोप लगाएका हुन् । उनले घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाता परिचालन गर्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको दाबी गरेका छन् । लिकुड पार्टीले चुनावमा धाँधली भएको भन्दै सयौँ उजुरी र प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय शिन बेट तथा केन्द्रीय निर्वाचन समितिमा बुझाइरहेको नेतन्याहुले बताएका छन् । केही अरब मतदान केन्द्रमा मतपत्र र नगदसहितका हजारौँ खाम फेला परेको, मतदान केन्द्रका कर्मचारीलाई धम्की तथा हिंसा गरिएको, दोहोरो पहिचानमा मतदान भएको र मतदाताको सङ्ख्या तथा मतपत्रका खामको सङ्ख्यामा फरक देखिएको लगायतका घटना भएको उनको दाबी छ । नेतन्याहुले यी आरोपको गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मतगणनाको ९७ प्रतिशत परिणामअनुसार नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट, उनका प्रतिद्वन्द्वी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट र अरब पार्टीहरूको गठबन्धनले १९ सिट प्राप्त गरेका छन् । इजरायली संसद्मा सरकार गठनका लागि १२० मध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ । हालको परिणामअनुसार कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत हासिल गर्न सकेको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


