Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सामान्य रिलबाट सेलिब्रेटी पहिचानसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामान्य रिलबाट सेलिब्रेटी पहिचानसम्म
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सामाजिक सञ्जालमा एउटा सामान्य भिडियोले कसैको जीवनको दिशा नै बदल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ भारतको अरुणाचल प्रदेशकी जेनी काम्की । पढाइ गरिरहेका बेला अचानक नाच्न थालेको उहाँको एउटा भिडियोले इन्टरनेटमा तहल्का मच्चाएपछि उहाँ रातारात चर्चामा आउनुभएको छ । तेलुगु गीत ‘वचिन्दम्मा’मा बनाइएको उक्त रिललाई २३ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।सामान्य शैलीमा तयार गरिएको उक्त भिडियोले जेनीलाई सामाजिक सञ्जालमा नयाँ पहिचानमात्र दिएन, मनोरञ्जनको क्षेत्रमा समेत अवसर दिलायो । यही लोकप्रियताका कारण उहाँ हाँस्य कलाकार समय रैनाको चर्चित शो ‘इण्डियाज गट लेटेन्ट’मा समेत देखिनुभयो । एउटा सामान्य रिलबाट सुरु भएको जेनीको यात्रा अहिले ठूलो पहिचान र अवसरसम्म पुगेको छ । अध्ययनसँगै आफ्नो रुचि र सिर्जनशीलतालाई निरन्तरता दिँदा सामाजिक सञ्जालले नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ उहाँ । जेनी भारतको अरुणाचल प्रदेशस्थित वेष्ट सियाङ जिल्लाको काम्की गाउँकी हुनुहुन्छ । उहाँ हाल असमको गुवाहाटीमा बसेर होमियोप्याथी विषयको अध्ययन गरिरहनुभएको छ । पढाइसँगै नृत्य, गायन र भिडियो निर्माणमा रुचि राख्ने जेनी सामाजिक सञ्जालमा ‘लुसिड फर यू’ नामले परिचित हुनुहुन्छ । उहाँको लोकप्रियताको सुरुवात भने पढाइ र नृत्यलाई जोडेर बनाइएको एउटा रमाइलो भिडियोबाट भएको थियो । भिडियोमा उहाँ सुरुमा किताब पढिरहेको देखिनुहुन्छ । केही समयपछि अचानक पढाइ छाडेर गीतको तालमा नाच्न थाल्नुहुन्छ । उहाँको यही स्वाभाविक र रमाइलो प्रस्तुतिले दर्शकको मन जित्यो । जेनीको उक्त भिडियो सामाजिक सञ्जालका सामान्य प्रयोगकर्तामाझमात्र सीमित रहेन । दक्षिण भारतीय चलचित्र ‘गीता गोविन्दम’का कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले समेत उहाँको नृत्यको प्रशंसा गर्नुभएको थियो । चर्चित कलाकारबाट प्रशंसा पाएपछि उहाँको लोकप्रियता झन् बढ्दै गयो । सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेपछि जेनीलाई समय रैनाको शो ‘इण्डियाज गट लेटेन्ट’को दोस्रो सिजनमा सहभागी हुने अवसर मिल्यो । शोमा उहाँले नृत्यसँगै आफ्नो गायन प्रतिभासमेत प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो भाइले लेखेको तथा तयार पारेको अहिलेसम्म सार्वजनिक नभएको एउटा गीत गाउनुभएको थियो । कार्यक्रममा आफ्नो एउटा रिल २३ करोडभन्दा बढी पटक हेरिएको बताएपछि समय रैना पनि आश्चर्यचकित बन्नुभएको थियो । उहाँको लोकप्रियताबारे सुनेर समयले ठट्टा गर्दै आफ्नो निर्णायकको कुर्सीसमेत उहाँलाई दिनसक्ने बताउनुभएको थियो । जेनीको सफलता केवल एउटा भाइरल भिडियोको परिणाम मात्र होइन । उहाँ नृत्यमा प्रशिक्षित कलाकारसमेत हुनुहुन्छ । उहाँले भारतीय शास्त्रीय नृत्य कथक र असमको परम्परागत शास्त्रीय नृत्य सत्रियको प्रशिक्षण लिनुभएको छ । यसबाहेक उहाँ विभिन्न लोकनृत्यसँग पनि जोडिनुभएको छ । उहाँका भिडियोमा देखिने आकर्षक हाउभाउ, रमाइलो अभिव्यक्ति र सहज प्रस्तुतिले दर्शकलाई आकर्षित गर्ने गरेको छ । पढाइ, दैनिक जीवन र नृत्यलाई मिसाएर बनाइने उहाँका सामग्री विशेषगरी युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्छ । ‘इन्डियाज गट लेटेन्ट’मा सहभागी हुनुअघि नै जेनीको इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स थिए । उहाँका भिडियोमा नृत्य, गायन र दैनिक जीवनका रमाइला क्षणहरू समेटिएका हुन्छन् । अहिले उहाँको लोकप्रियता अरुणाचल प्रदेशमा मात्र सीमित छैन, भारतभरका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ फैलिएको छ । उहाँले नेटफ्लिक्स, युट्युब, च्याटजीपीटी र यस म्याडमजस्ता चर्चित ब्रान्डसँग पनि काम गर्ने अवसर पाउनुभएको छ । त्यस्तै, ‘द हलिउड रिपोर्टर इन्डिया’ले उहाँलाई सन् २०२६ को ‘क्रिएटर ए–लिष्ट’मा समेत समावेश गरेको छ । एउटा सामान्य रिलबाट सुरु भएको जेनीको यात्रा अहिले ठूलो पहिचान र अवसरसम्म पुगेको छ । अध्ययनसँगै आफ्नो रुचि र सिर्जनशीलतालाई निरन्तरता दिँदा सामाजिक सञ्जालले नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने उदाहरण बन्नुभएको छ उहाँ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
Latest NewsJust now

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक... ...

रातोपाटी
घटराज जयन्तीमा कण्ठस्थ कविता वाचन
Latest NewsJust now

घटराज जयन्तीमा कण्ठस्थ कविता वाचन

काठमाडौं । प्रसिद्ध साहित्यकार घटराज भट्टराईको ८५औं जन्मजयन्ती सन्दर्भ पारेर उहाँद्वारा रचित कविताहरू विभिन्न विद्यालयका बालबालिकाहरूले कण्ठ पारी वाचन गरे । घटराज मेमोरियल स्कुल कपनमा आयोजित उक्त कार्यक्रमको आयोजक घटराज भट्टराई स्मारक कोष रहेको थियो । कार्यक्रमको सभापतित्व उहाँकी धर्मपत्नी तथा कोषकी अध्यक्ष प्रभा भट्टराईले गर्नुभएको थियो भने साहित्यकार कोषराज न्यौपाने कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा बूढानीलकण्ठ ...

हिमालय टाइम्स
प्राडा.भट्टराई यसपटकको मानवपुस्तक
Latest NewsJust now

प्राडा.भट्टराई यसपटकको मानवपुस्तक

काठमाडौं । नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधाराद्वारा आयोजित कार्यक्रममाको ५४औं शृंखलामा प्राडा.भरतकुमार भट्टराईलाई मानव पुस्तका रूपमा प्रस्तुत गरियो । हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुशीला शर्मा धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मानव पुस्तक प्राडा.भट्टराईले आफ्नो बाल्यकाल, युवाअवस्था, पढाइ, जागिर आदि विविध पक्षहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको ...

हिमालय टाइम्स
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
Latest NewsJust now

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement