सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा र तिनको समाधानका उपायबारे पनि जानकारी आदानप्रदान गरिनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पुराना नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्यका आधारमा प्रतिवाद गर्छौं -माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् । उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात ...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरूको भनाइ छ। ...

नेपालमा राजनीतिक र आर्थिक अवस्था सहज छैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल बढ्दै गएको दाबी गरेका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सहज नरहेको बताए । उनले नेपालमा मात्र नभई विश्वभर नै परिस्थिति असहज बन्दै गएको बताए । […] ...

नेकपाकाे दुई महिने राष्ट्रिय जागरण अभियानकाे उद्घाटन, तस्बिरहरू
काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरिएको हो। अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल... ...


