Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पुराना नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्यका आधारमा प्रतिवाद गर्छौं -माधव नेपाल

पुराना नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्यका आधारमा प्रतिवाद गर्छौं -माधव नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुराना नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्यका आधारमा प्रतिवाद गर्छौं -माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् । उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पु¥याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे । त्यस्तै, उनले पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने धारणा राखे । उनले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उल्लेख गरे । विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीहरूको आत्मसमिक्षा गर्ने र जनतामा देखिएका केही असन्तुष्टिहरूलाई सुधार्दै अघि बढ्ने उनले बताए । साथै उनले पुराना पार्टीहरू वा नेताहरूले केही गरेनन् भन्ने खालका सतही र मनोसामाजिक आरोपहरूको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्ने तथा पार्टीले विगतमा गरेका कामहरूको फेहरिस्त जनतामा लैजाने योजना रहेको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न
ताजा खबरJust now

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न

कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् । कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको मृत्यु भइसकेको छ भने बाँकी दुई मधुबाला... ...

रातोपाटी
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

• बडादशैं अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने १,०३७ जना चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा परेका चालकमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। • ट्राफिक प्रहरीले चाडपर्वका समयमा मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पालना गर्न चालकहरूलाई आग्रह गरेको छ। ...

नेपालबहस
कारागारमा कैदीबन्दीलाई दसैँको टीका
ताजा खबरJust now

कारागारमा कैदीबन्दीलाई दसैँको टीका

अमरराज नहर्कीतनहुँ, कात्तिक ७ गते । तनहुँ कारागारमा रहेका कैदीबन्दीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तजनको हातबाट दसैँको टीका लगाउन पाएका छन् । कारागार प्रशासनले कैदीबन्दी... ...

गोरखापत्र
पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे
ताजा खबरJust now

पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

• पाकिस्तानका टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएका छन्। • कर्णाली याक्सले उनलाई अनुबन्ध गरेको छ र यसअघि पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई पनि अनुबन्ध गरेको थियो। • एनपीएल कात्तिक ९ बाट सुरु हुँदैछ, कर्णालीले ६ विदेशी खेलाडी र विभिन्न घरेलु खेलाडीलाई अनुबन्ध गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play