Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

साढे ५ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
साढे ५ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रहरीले लागुऔषध सेतो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र पुनेका ५२ वर्षीय रिवाराज तिघरे रहेका छन्। तिघरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट शनिबार पक्राउ गरिएको लागुऔषध नियषन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मका अनुसार तिघरे थाइल्याण्डबाट नेपाल आएका हुन्। उनको साथबाट ५.५ किलोग्राम सेतो हिरोइन बरामद भएको रेग्मीले बताए। तिघरेले झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा सेतो हिरोइन लुकाएर ल्याएका थिए। प्रहरीका अनुसार बरामद लागुऔषध प्रतिग्राम ४० हजार रुपैयाँ बिक्री मूल्य रहेको छ। यस हिसाबले ५।५ किलोग्रामको बजार मूल्य २२ करोड रुपैयाँ हुन आउँछ। तिघरेले उक्त हिरोइन भारतीय बजारमा पुर्‍याउने गरेका थिए। तिघरे पक्राउ पर्नु भन्दाअघि दुई पटक नेपाल आएको र नेपालबाट हवाई र स्थलमार्गबाट हुँदै भारतसम्म पुगेको देखिएको छ। उनले यसअघि जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको भ्रमण गरिसकेका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार बरामद हिरोइनमाथि कारबाही गर्दा कसुर ठहर भए १५ देखि जन्मकैद र ५ देखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीले गुमायो सातौँ विकेट
Latest NewsJust now

कर्णालीले गुमायो सातौँ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओभरमा सात... ...

रातोपाटी
आस्थाको पर्व छठ
Latest NewsJust now

आस्थाको पर्व छठ

कार्तिक शुक्ल षष्ठीको साँझ। पश्चिमी आकाशमा सूर्य विस्तारै अस्ताउँदै छ। नदी, पोखरी र जलाशयका किनारमा हजारौँ मानिस भेला भएका छन्। कसैको हातमा बाँसको डालो छ, कसैले नाङ्लोमा फलफूल, नरिवल, उखु, ठेकुवा र अन्य पूजासामग्री सजाएका छन्। महिलाहरू परम्परागत पहिरनमा सजिएर जलाशयमा उभिएका छन्। परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिसहरू पूजाको तयारीमा व्यस्त छन्। वातावरणमा छठका लोकगीत गुञ्जिरहेका छन्। अस्ताउँदो सूर्यलाई ...

नेपालन्युज
चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान
Latest NewsJust now

चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान

बेइजिङ- चीनले विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई–२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शनिबार पूर्वी चीनको शान्तोङ प्रान्तस्थित बिन्झाउमा विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो। उडानका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानमा सवार थिए। चाइना कमर्सियल एयरक्राफ्ट […] ...

काठमाण्डुपाटी
गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ
Latest NewsJust now

गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ

काठमाण्डु- चलचित्रको ट्रेलर सार्वजनिक गर्दा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकारहरूले गरेको क्यारिकेचरलाई लिएर हर्क साम्पाङ असन्तुष्ट रहेका छन्। साम्पाङले हिजो चलचित्र कका केकेको ट्रेलर सार्वजनिक हुँदा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकार पक्राउ गरेर लगिएको विषयमा आपत्ति जनाएका थिए ।तर त्यो चलचित्रको ट्रेलर सार्वजनिक भएको विषय आएपछि उनी त्यो कार्यसँग रिसाएका छन् । उनले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play