साउदी अरबमा नेपालीको मृत्यु प्रकरण घट्नाको एमाले र कांग्रेसद्वारा दुःख व्यक्त गर्दै निन्दा

काठमाडौं। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा एमाले र नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत भएको उल्लेख छ। एमालेले विश्व शान्तिको पक्षमा रहेको जनाउँदै यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ। त्यस्तै नेपाली कांग्रेसले कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। कांग्रेसले नेपाल सरकारसँग मृतक नेपाली नागरिकको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन तथा साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न माग गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...


