साउदीको इस्ट–वेस्ट तेल पाइपलाइन र विमानस्थलमा आक्रमण गरेको हुथीको दाबी

काठमाडौं । यमनका इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइन र विभिन्न विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् । हुथी प्रवक्ता याह्या सहरीले आफ्नो पछिल्लो वक्तव्यमा साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रमा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार यान्बुस्थित साउदी अरामकोको संरचना, राबिग तेल प्रशोधन केन्द्र र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको थियो । त्यसैगरी, दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतस्थित एक हवाई सैन्य अखडामा समेत आक्रमण गरिएको हुथी प्रवक्ताले दाबी गरेका छन् । हुथीका यी दाबीबारे साउदी अरबले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथी विद्रोहीले प्रहार गरेका र हावामै अवरोध गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रका अवशेष मक्काको वादी अल–मुग्मास क्षेत्रमा खसेको जनाएको छ । मन्त्रालयका अनुसार जिद्दा, ताइफ र राबिग क्षेत्रमा पनि क्षेप्यास्त्रका अवशेष भेटिएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


