साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द

काठमाडौं । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट बन्द भएका छन्। वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा सुरक्षा जोखिम देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।पीएचपी प्रयोग गरिएका बैंक तथा वित्तीय संस्था र सरकारी निकायका वेबसाइट बन्द गरिएका हुन्। वेबसाइट बन्द गरिए पनि ग्राहकको सूचना वा आर्थिक कारोबारमा कुनै हानि–नोक्सानी नभएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन्। साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासहित भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै सम्भावित साइबर आक्रमणबाट बच्न वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सुरक्षा प्रणाली अद्यावधिक गर्न आग्रह गरेको हो। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि पीएचपीमा समस्या देखिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि वेबसाइट बन्द गरिएको बताए। ‘पीएचपी प्रविधिमा देखिएको जोखिमलाई मध्यनजर गर्दै बैंकको वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको हो,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणलाई असुविधा हुन सक्ने सूचनामा जनाइएको छ। राष्ट्र बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आवश्यक सूचना लिन आग्रह गर्दै जोखिम न्यूनीकरणका लागि सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थालाई निर्देशन दिएको छ। पीएचपीमा देखिएका कमजोरीका कारण प्रभावित सर्भरमा अनधिकृत पहुँचको जोखिम हुन्छ। अमेरिकी राष्ट्रिय सुरक्षा निकाय (एनएसए) ले पनि अक्टोबर २१ मा जारी सूचनामा प्रभावित प्रणालीमा तत्काल सुरक्षा उपाय अपनाउन भनेको छ। त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त सेवा अस्थायी रूपमा अफलाइन राख्न सुझाव दिएको छ। सोही सुझावका आधारमा बैंक तथा वित्तीय संस्था र अन्य निकायले वेबसाइट बन्द गरेका हुन्। बैंकका वेबसाइट बन्द हुँदा ग्राहकले ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना, वित्तीय विवरण र अन्य सार्वजनिक सूचना सहजै प्राप्त गर्न नसक्ने अवस्था आउन सक्छ। वेबसाइटमार्फत उपलब्ध अनलाइन आवेदन, खाता खोल्ने प्रक्रिया र अन्य सुविधासमेत प्रभावित हुन सक्छन्। वेबसाइट बन्द भए पनि बैंकको सम्पूर्ण कारोबार भने बन्द भएको होइन। खासगरी इन्टरनेट बैंकिङ र वेबसाइटसँग सम्बन्धित सेवा प्रभावित भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए। ‘क्यूआर, मोबाइल बैंकिङलगायत सेवा सुचारु छन्। मुख्य समस्या इन्टरनेट बैंकिङ र वेबसाइटसँग सम्बन्धित सेवामा छ,’ उनले भने, ‘केही बैंक तथा वित्तीय संस्थाले जोखिमको अवस्था मूल्यांकन गरेर वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन्।’ राष्ट्र बैंकले सूचना जारी गरेरै वेबसाइट अस्थायी रूपमा बन्द गर्न र सबै सुरक्षा उपाय अपनाउन आग्रह गरेको उनले जानकारी दिए। यो समस्या नेपालमा मात्र नभई पीएचपी प्रविधि प्रयोग गर्ने अन्य निकायका वेबसाइटमा समेत देखिएको बताइएको छ। पीएचपीमा सुरक्षा जोखिम देखिए पनि अहिलेसम्म बैंक तथा वित्तीय संस्था, ग्राहक वा अन्य कुनै पक्षलाई हानि–नोक्सानी नभएको बताइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...


