Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा

साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा

काठमाडौं । वेब प्रविधि (पीएचपी) मा देखिएको सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपालका विभिन्न वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा अनलाइन बैंकिङ सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ग्राहकको वित्तीय विवरण र बैंकिङ प्रणालीलाई सम्भावित साइबर आक्रमणबाट सुरक्षित राख्न बैंकहरूले यस्तो कदम चालेका हुन्। कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकले आफ्ना अनलाइन सेवामा अवरोध आएको जानकारी दिएका छन्। केही बैंकले सार्वजनिक सूचना जारी गर्दै सुरक्षा जोखिमको मूल्याङ्कन तथा समाधानका लागि वेबसाइट र विद्युतीय सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएका छन्। बैंकहरूले सेवा बन्द गर्नुको कारण सामान्य प्राविधिक मर्मत नभई सम्भावित साइबर सुरक्षा जोखिम नियन्त्रण गर्नु रहेको जनाएका छन्। डिजिटल बैंकिङको प्रयोग बढिरहेका बेला प्रणालीमा देखिने सुरक्षा कमजोरीले ग्राहकको व्यक्तिगत विवरण, लगइन जानकारी तथा वित्तीय कारोबार प्रभावित हुन सक्ने भएकाले बैंकहरू सतर्क बनेका हुन्। अनलाइन सेवा अवरुद्ध हुँदा मोबाइल तथा कम्प्युटरमार्फत बैंकिङ कारोबार गर्ने ग्राहक प्रभावित भएका छन्। खाताको विवरण हेर्ने, अनलाइनबाट कारोबार गर्ने तथा वेबसाइटमा आधारित अन्य सेवा प्रयोग गर्ने ग्राहकलाई असुविधा भएको छ। बैंकहरूले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको भन्दै असुविधाप्रति क्षमायाचना गरेका छन्। यसैबीच, नेपाल राष्ट्र बैंकले पनि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसँग सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरेको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार वेबसाइट तथा जोखिमयुक्त अनलाइन सेवा अस्थायी रूपमा बन्द गरी सुरक्षा अद्यावधिक गर्न सुझाव दिएको जनाइएको छ। सम्भावित साइबर आक्रमण रोक्न र वित्तीय प्रणालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न यस्तो सावधानी अपनाइएको हो। बैंकिङ प्रणालीमा प्रयोग हुने वेबसाइट, वेबमा आधारित एप्लिकेसन तथा ग्राहकका विवरणसँग सम्बन्धित प्रणालीमा रहेका सम्भावित कमजोरी समयमै पहिचान गरी समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। सुरक्षा जोखिमको मूल्याङ्कन र आवश्यक सुधारपछि अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउने बैंकहरूको तयारी छ। डिजिटल वित्तीय सेवाको विस्तारसँगै ग्राहकको डेटा सुरक्षा र बैंकिङ प्रणालीको विश्वसनीयता थप महत्त्वपूर्ण बनेको छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
ताजा खबरJust now

[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व

२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

कान्तिपुर
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

कान्तिपुर
बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
ताजा खबरJust now

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन

मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

नेपालन्युज
पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
ताजा खबरJust now

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play