साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक।अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समय सीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्य–मुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ। त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडक खण्डलाई ६ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो। साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मंसिर २७ गते भएको सम्झौता अनुसार २०८२ मंसिर २५ गते सम्पन्न गर्नुपर्ने थियो। त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो। सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ। सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए। उनका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ। भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ। भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ। काभ्रेपलाञ्चोकतर्फ हालसम्म साढे तीन किलोमिटर सडक ६ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिए। “साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी सडकमध्ये साढे ६ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ”, महतोले भने। साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मंसिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ। भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक ६ लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिए। भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ। सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले समय सीमाभित्र मुख्य काम सक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्गअन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ। ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको ...

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक
प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । ...

सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?
• सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। • एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार उल्लंघन गरेको र निर्देशन पालना नगरेको बताइएको छ। • मन्त्रालयले एनप्याब्सनको कार्यशैली विपरीतका गतिविधिहरूको कारण निलम्बन गरिएको जानकारी दिएको छ। ...

नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग
काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ । सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय […] ...


