Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ १०औँ द्विपक्षीय समन्वय बैठक प्रारम्भ भएको छ । उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् । बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकमा भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतको सहभागिता रहेको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन् । बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीहरुको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भइरहेको समन्वयात्मक प्रयासहरुको समीक्षा हुने सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । दुई दिनसम्म चल्ने द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपद्को जोखिम कम गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता कार्कीले बताए । साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका आपसी समन्वय अभिवृद्धि केन्द्रित गतिविधि सञ्चालन गर्ने बिषयमा समेत छलफल हुनेछ । बैठकमा सीमा सुरक्षालाई थप मजबुत बनाउनका लागि दुवै सङ्गठनबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने, नेपाल–भारत खुला सिमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने तथा सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने विषयमा समेत विचारविमर्श हुनेछ भने सीमा क्षेत्रमा उत्पन्न हुनसक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास, सूचनाको प्रभावकारी आदानप्रदान तथा संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा समेत छलफल हुने प्रवक्ता कार्कीले बताए । द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

श्रम संस्कृति पार्टीको आक्रामक अभियान
ताजा खबरJust now

श्रम संस्कृति पार्टीको आक्रामक अभियान

विराटनगर । २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ । फागुन २१... ...

रातोपाटी
एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन
ताजा खबरJust now

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन

लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । ...

हाम्राकुरा
सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता
ताजा खबरJust now

सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता

कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।  बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।  विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले . .बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलम... ...

नेपालखबर
कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने
ताजा खबरJust now

कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play