कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिल नगरेका कम्पनीले यो सुविधा पाउनेछन् । त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गर्नुपर्नेछ । तोकिएको म्यादभित्र आवश्यक विवरण तथा कर, शुल्क र दस्तुर दाखिल गरेमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ । यस व्यवस्थाले लामो समयदेखि विवरण पेश नगरेका, नवीकरण नगरेका तथा आर्थिक दायित्व पूरा गर्न नसकेका कम्पनीलाई कानूनी प्रक्रिया पूरा गरी कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न सहज हुने अपेक्षा गरिएको छ । The post कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


