Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सवारी दुर्घटनामा नौ जनाको मृत्यु

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं।देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। सिन्धुलीमा तीन तथा सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा एक–एक जनाको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सडकमा आइतबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राई पनि छन्। दुर्घटनामा घाइते भएका चालकसहित दुई जनाको जिल्ला अस्पताल सिन्धुली र अन्य दुई जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।सुनसरीको इनरुवा नगरपालिका–४, बसचोकमा शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ। इनरुवा–९, बबियाकी यादवको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक घाइते भएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरको कटारी नगरपालिका–५, भोर्लेमा शनिबार राति मोटरसाइकल र विद्युतीय गाडी ठोक्किँदा ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ। कटारी–५ का श्रेष्ठको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरिया पुलमा शनिबार राति दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। जनकपुरधाम–१७ का यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मोरङको सुनवर्षी नगरपालिका–५, झुङ्गी टोलमा शनिबार राति दुई मोटरसाइकल ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। सुनवर्षी–९, डाइनियाका मण्डलको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ। रौतहटको मौलापुर नगरपालिका–२, मर्यादपुरमा शनिबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–२, शीतलपुरकी ठाकुरको बाराको कलैयास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ। रोल्पाको माडी गाउँपालिका–१, चालाङ भीरमा आइतबार बिहान अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ। घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा माडी–१, घोर्नेटीकी भण्डारी घाइते भएकी थिइन्। उनको स्मृति अस्पताल घर्तीगाउँमा उपचारका क्रममा मृत्यु भएको हो। अटोमा सवार अर्की एक घाइतेको रोल्पा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने
ताजा खबरJust now

राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने

दशैंको आज आठौं दिन शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । यसै क्रममा जनकपुरधामस्थित राजदेवी मन्दिरमा हिजो राती १२ बजेदेखि नै प्रसाद चढाउने र खोँइच भर्ने महिलाहरुको भीड थामिनसक्नु छ । ...

नेपालबहस
झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
ताजा खबरJust now

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता समेत हरेका खनालको स्वास्थ्यमा... ...

रातोपाटी
‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै
ताजा खबरJust now

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को... ...

रातोपाटी
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
ताजा खबरJust now

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन) । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play