Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन) । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् । डा. देवले भने, “दसैँका समयमा पनि चितवन मेडिकल कलेजले आफ्नो सेवालाई निरन्तरता दिनेछ । हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ । तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, सेवा दिन तयार छौँ।” चाडपर्वका समयमा हुनसक्ने दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था गरिएको उनले स्पष्ट गरे । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराउनु आवश्यक रहेको बताए । अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उनले जानकारी दिए । उनले भने, “आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई पनि सेवा दिने गरी तयारी गरेका छौँ ।” पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्नसक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि उत्पन्न हुनसक्ने भएकाले अस्पतालले सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनो भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अनलाइन ठगी बढ्दै, ‘क्यास अन डेलिभरी’ ले जोगाउन सक्छ ग्राहकलाई
ताजा खबरJust now

अनलाइन ठगी बढ्दै, ‘क्यास अन डेलिभरी’ ले जोगाउन सक्छ ग्राहकलाई

उजुरी दर्ता गराएका अनलाइन ठगीका पीडितमध्ये १० प्रतिशतले मात्रै गुमेको रकम फिर्ता पाए, अनलाइनमा हजारौं विक्रेता सक्रिय रहे पनि हालसम्म ३ सय ८४ ई–कमर्स व्यवसाय मात्रै सरकारमा सूचीकृत ...

कान्तिपुर
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
ताजा खबरJust now

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

मुम्बई । मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार भएर आएका तीन जना अज्ञात... ...

रातोपाटी
आलोचना सहेर सिटी अगाडि बढ्दै
ताजा खबरJust now

आलोचना सहेर सिटी अगाडि बढ्दै

सिटीले अहिले त्यस्ता दर्शक अगाडि खेलिरहेको छ, जसले टिमप्रति समर्थन रहेको देखाउन केरा समातेर प्रदर्शन गरिरहेका छन् । ...

कान्तिपुर
बाढीले खोस्यो दसैँ: न छरियो जमरा, न रंगियो घर
ताजा खबरJust now

बाढीले खोस्यो दसैँ: न छरियो जमरा, न रंगियो घर

हेटौंडा–५ सानेपोखराका ८१ वर्षीय देवप्रसाद श्रेष्ठले यसपालि घरमा जमरा राखेनन्। हरेक वर्षझैँ यसवर्ष पनि दसैँ आयो। रोजगारीका लागि घरबाहिर रहेका छिमेकीहरू घर फर्किए। गाउँघरमा दसैँको चहलपहल बढ्यो। तर, देवप्रसादको मनले खोजिरहेको मान्छे न घर फर्कियो, न उसको कुनै खबर आयो। घरको जेठो छोरा सम्पर्कविहीन भएको झण्डै दुई महिना पुग्न लाग्यो। गत भदौ १० गते बिहान करिब ८ ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play