Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चार जना पक्राउ
Photo / Coverage: लुम्बिनी सञ्चार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने फरार रहेका छन् । प्रहरीका अनुसार २०८३ मंसिर ६ गते राति करिब ८ः३० बजे अस्पतालमा उपचारका क्रममा ९ महिनाकी गर्भवती २१ वर्षीया सीमा राम देवी बेहोस भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको भन्दै अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा आगजनी तथा तोडफोड गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । बेहोस अवस्थामा रहेकी सीमा राम देवीलाई थप उपचारका लागि चन्द्रनिगाहपुर प्रा.ली. अस्पताल लगिएकोमा चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन रामलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनी तथा तोडफोडका क्रममा अस्पतालको आकस्मिक कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनापछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोलिपल्ट बिहान ६ः१५ बजेसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको थियो । यस घटनाले अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु र त्यसपछि उत्पन्न तनावका साथै स्वास्थ्य संस्थाको सुरक्षा तथा चिकित्सकीय लापरबाहीको आरोपमाथि निष्पक्ष छानबिनको माग गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस बेलायतको अधिवेशन : देउवा समूहबाट युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
Latest NewsJust now

कांग्रेस बेलायतको अधिवेशन : देउवा समूहबाट युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लण्डन । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बेलायत अधिवेशनबाट युवराज गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बेलायतमा सम्पन्न अधिवेशनमार्फत विभिन्न पदाधिकारी तथा सदस्यहरू समेटिएको नयाँ कार्यसमिति चयन गरिएको... ...

रातोपाटी
प्रधानमन्त्री शाह र मोदीबीच आज भेटवार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनको आज सवा ११ बजे भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तासँगै नेपाल र ...

कर्पोरट खबर
सरकारी धान खरिदमा किसानको आकर्षण
Latest NewsJust now

सरकारी धान खरिदमा किसानको आकर्षण

काठमाडौं। दाङका किसान सरकारी खरिद केन्द्रमार्फत धान बिक्री गर्न उत्साहित भएका छन्। बजारको तुलनामा प्रतिक्विन्टल सात सय रुपैयाँ बढी मूल्य पाइने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न किसान आकर्षित भएका हुन्। सरकारले यस वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ६० रुपैयाँ तोकेको छ। स्थानीय व्यापारीले भने प्रतिक्विन्टल दुई हजार ...

नेपालन्युज
विप्रेषणमा रुमलिएको जीवन
Latest NewsJust now

विप्रेषणमा रुमलिएको जीवन

नेपालमा वैदेशिक रोजगारी श्रमिकको सपना मात्र नभई समाज विकासको आधार र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड पनि हो । नेपाली युवा गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकता पूरा गर्न, परिवारमा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement