Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह र मोदीबीच आज भेटवार्ता हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह र मोदीबीच आज भेटवार्ता हुँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनको आज सवा ११ बजे भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ। प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्ने गरी बलियो आर्थिक एजेन्डा अघि सारेका छन् । विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट र स्टार्टअप नेपालको प्राथमिकताका एजेन्डा छन् । नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ । द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् । त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । यसअघि आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । त्यसपछि साँझ सवा ६ बजे प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो । प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । The post प्रधानमन्त्री शाह र मोदीबीच आज भेटवार्ता हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नवलपुरमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा महिलाको मृत्यु
Latest NewsJust now

नवलपुरमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा महिलाको मृत्यु

नवलपुर । नवलपुरको देबचुली नगरपालिका- १४ मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार निवासी ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्प नजिकै सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो। ...

केन्द्रबिन्दु
आयोगमा नेतृत्वका आधार
Latest NewsJust now

आयोगमा नेतृत्वका आधार

सन् १९९३ डिसेम्बर २० मा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट सदस्य राष्ट्रहरूमा मानव अधिकारको प्रवर्धन र संरक्षण गर्न व्यापक क्षेत्राधिकारसहित राष्ट्रिय मानव अधिकार संस्था स्थापना गर्ने... ...

गोरखापत्र
पुष्कर शाहसहितको टोलीले चिनायो पूर्वी पाल्पाको पर्यटन
Latest NewsJust now

पुष्कर शाहसहितको टोलीले चिनायो पूर्वी पाल्पाको पर्यटन

इमान सिं रानारामपुर (पाल्पा), मंसिर ७ गते । विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसहित दुई सयभन्दा बढी साइकलयात्रीले पूर्वी पाल्पाको भ्रमण गर्नुभएको छ । ऐतिहासिक, धार्मिक,... ...

गोरखापत्र
उजाड बगैँचाबाट चिटिक्क बनेको ‘ऐतिहासिक पार्क’, तस्बिरहरू
Latest NewsJust now

उजाड बगैँचाबाट चिटिक्क बनेको ‘ऐतिहासिक पार्क’, तस्बिरहरू

बागलुङ । घना बस्ती भएको साँघुरो बागलुङ बजारमा खुला ठाउँको अभाव छ। यस्तो अवस्थामा बजारवासीका लागि थकाइ मार्ने र सुस्ताउने एकमात्र विकल्प बनेको छ, बागलुङ नगरपालिका–२ समीक्षालय चोकस्थित ‘ऐतिहासिक पार्क’। केही वर्षअघिसम्म... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement