सर्बियामा नेताविहिन विद्यार्थी समूहलाई बहुमत, सरकारको नेतृत्वमा संकट

बेलग्रेड । सर्बियामा लामो समयदेखि सत्तामा रहेका नेता अलेक्जेन्डर भुचिचको पार्टी आम निर्वाचनमा आन्दोलनकारी युवा विद्यार्थीहरुसँग पराजित भएको छ । तर विद्यार्थीहरुसँग घोषित नेता छैनन् । बन्दसूचीमा रहेका अधिकांश उम्मेदवार पनि परिचित अनुहार होइनन् । निर्वाचन आयोगका अनुसार करिब ९९ प्रतिशत मत गणना हुँदा विद्यार्थीहरूको समुह ‘स्टुडेन्ट लिस्ट’ पक्षमा ५२.७ प्रतिशत मत खसेको छ । यता, भुचिचको सर्बियाली प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धनले भने ३९.२ प्रतिशत मत प्राप्त गरेको छ । यस परिणामसँगै २५० सदस्यीय संसद्मा विद्यार्थीहरूले १३९ सिट सुरक्षित गरेका छन् भने एसएनएस गठबन्धन ९७ सिटमा खुम्चिएको छ । बाँकी सिटहरू भने साना तथा अल्पसंख्यक दलहरूको पोल्टामा गएका छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको सर्बियामा विद्यार्थीहरुले कुनै औपचारिक पार्टी गठन गरेका थिएनन् । बरु, सहमतिका आधारमा स्टुडेन्ट लिस्ट नाममा एक नागरिक अभियानका रुपमा आफ्ना उम्मेदवारहरुको सुची निर्वाचन आयोगमा बुझाएका थिए । निर्वाचनको तयारीका लागि समय पर्याप्त नभएका कारण उनीहरुले संगठन निर्माण र नेतृत्व चयनमा काम गर्न पाएनन् । जसकारण भुचिचलाई यसपटक पनि आफ्नो पार्टी विजयी हुने आत्मविश्वास थियो । जो गलत साबित भयो । कुनै औपचारिक संगठन नै निर्माण नभएकाले यस समुहमा कोही पनि नेता छैन । आगामी दिनमा विद्यार्थी सांसद्हरुको नेतृत्व कसले गर्ने भन्ने पनि स्पष्ट छैन । जसकारण, नयाँ नेतृत्वले कसरी शासन सञ्चालन गर्छ भन्ने विषय अहिले चर्चा र अन्योलमा छ । यस सुचीमा हृदयरोग विशेषज्ञ इलिया सर्दानोभिच, केन्द्रीय बैंकका पूर्वगभर्नर देजान सोस्किच र बेलग्रेड विश्वविद्यालयका प्राध्यापक रादोमिर साजिकजस्ता प्रमुख व्यक्तित्वहरू समावेश छन् । इलियाले विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । तर, बन्द सुचीमा समावेश धेरै नामहरुलाई आम मानिसले चिन्दैनन् । विश्वविद्यालयका प्राध्यापक, कलाकार, किसान, विद्यार्थी, पेशाकर्मीलगायतको नाम यसमा समावेश छ । यो चुनावी परिणामले देशैभरि खुसियाली छाएको छ । आइतबार राति भुचिचले आफ्नो पराजय स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित सर्बियाका विभिन्न सहर र बस्तीहरूमा हजारौं मानिस सडकमा उत्रिएका थिए । पपुलिस्ट नेता भुचिच सन् २०१४ देखि कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिका रुपमा सर्बियाको नेतृत्वमा थिए । तर, दुई वर्षअघि नोभि साद सहरस्थित एक रेलवे स्टेसनको छानो भत्किँदा १६ जनाको ज्यान गएको घटनाले उनको राजनीति संकटमा पर्यो । जीर्ण पूर्वाधारका कारण यस्तो स्थिति उत्पन्न उत्पन्न भएको भन्दै आन्दोलन सुरु भयो । सरकारले पूर्वाधारण निर्माणमा भ्रस्टाचार गरेको विद्यार्थीहरुको आरोप थियो । अन्ततः आन्दोलन देशैभर फैलियो । भुचिच र उनको पार्टीले भ्रष्टाचारको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । शान्तिपूर्ण आन्दोलनमा दमन गरेको विद्यार्थीहरुको आरोपलाई पनि उनीहरुले अस्विकार गरेका छन् । लगातारको विरोध प्रदर्शनपछि गत सेप्टेम्बरको अन्त्यमा भुचिचले राष्ट्रपति पदबाट राजीनामा गर्दै संसद्को समय सकिनुअगावै नयाँ निर्वाचन घोषणा गरे । संसद्की सभामुख तथा पूर्व प्रधानमन्त्री अना बर्नाविकले यसपछि कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालिन् । उक्त निर्वाचनको समानुपातिक सुचीमा एसएनएस पार्टीका तर्फबाट भुचिचले आफुलाई पहिलो नम्बरमा राखे । अन्ततः विद्यार्थीहरुसामु उनी पराजित भएका छन् । करिब ६५ लाख जनसंख्या भएको यस देशमा विद्यार्थीहरूको यो जितले एक गहिरो राजनीतिक परिवर्तनको संकेत गरेको छ । युरोपका अन्य देशमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई पनि यसले प्रेरित गर्नसक्छ । विद्यार्थीहरूले भ्रष्टाचार उन्मूलन गर्ने र शिक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन् । ६० वर्षीया इन्स्योरेन्स कामदार स्भेतलाना काराग्कोजिडोउले आशावादी हुँदै भनिन्, ‘हाम्रो जीवनका सबै क्षेत्रमा प्रवेश गरेको यो भ्रष्टाचार अब अन्त्य हुनेछ । पक्कै परिवर्तन हुनेछ । हामी बिस्तारै एक सामान्य समाजतर्फ अगाडि बढ्नेछौं भन्ने आशा गरेका छौं ।’यद्यपि, सबैले यो परिवर्तनलाई स्वागत भने गरेका छैनन् । ६० वर्षीया निजामती कर्मचारी सेन्का राडाकोभिचले भनिन्, ‘यसरी अचानक र एकैपटक देशलाई परिवर्तन गर्ने कुरा मलाई मन पर्दैन। यसको पछाडि को उभिएको छ, ती मानिसहरू को हुन् र कसले देशको नेतृत्व गर्नेछन् भन्ने मलाई थाहा पनि छैन ।’ रोयटर्स
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...


