कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ज १२५९ नमबरको माइक्रो बस आपसमा ठोक्किएका सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटना स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली खटिएको छ। दुर्घटनापछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। घाइतेलाई स्थानिय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चाडपर्वको मौसम बढ्यो कुराउनीको बिक्री
अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । चाडपर्वसँगै हेटौँडाको चुच्चेखोलामा कुराउनी (खुवा) को बिक्री पाँच गुणासम्म बढेको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा पर्ने चुच्चेखोलाका... ...

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !
चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन्। सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष ...

एनपीएल सिजन–३ प्रत्यक्ष डिसहोममा अतिरिक्त शुल्कविना एचडीमा हेर्न पाइने
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ। डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कविना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन्। खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ। सदस्... ...



