Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारी मेडिकल कलेजमा चिकित्सक अध्ययनको सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा हुने

सरकारी मेडिकल कलेजमा चिकित्सक अध्ययनको सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी मेडिकल कलेजमा चिकित्सक अध्ययनको सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा हुने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजमा एमबीबीएसलगायत विषयको सिट संख्या वृद्धि गरेको छ । आयोगले निर्धारण गरेको ९ हजार ६ सय ९१ सिटमा भर्नाका लागि आगामी शनिबार (१४ कात्तिक) देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुँदै छ । प्रवेश परीक्षाका लागि ७७ हजार ३ सय ५९ विद्यार्थीले आवेदन दिएका छन् । आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार गत वर्षको तुलनामा यो वर्ष ४ सय १८ सिट थप गरिएको छ । निजी कलेजको सिट संख्या यथावत् राखेर सरकारी शिक्षण संस्थामा सिट थप गरिएको उनले जानकारी दिए । ‘यसको उद्देश्य निजी क्षेत्रलाई निरुत्साह गर्नु नभई जेहेनदार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामा अध्ययन गर्ने अवसर पाऊन् भन्ने हो,’ उनले फेसबुकमा लेखेका छन् । सरकारी मेडिकल कलेजमा निर्धारित सिटमध्ये ७५ प्रतिशतमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था छ । निजी मेडिकल कलेजमा भने १० देखि २० प्रतिशत विद्यार्थीले मात्र छात्रवृत्तिमा अध्ययनको अवसर पाउने गरेका छन् । एमबीबीएस अध्ययनका लागि ४० देखि ४४ लाख रुपैयाँसम्म शुल्क तोकिएको छ । एमबीबीएसमा मात्रै सरकारी मेडिकल कलेजमा १ सय १० सिट थप भएको मन्त्री पोखरेलले जनाएका छन् । सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक एमबीबीएसमा ५० सिट पाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०/३० सिट थप गरिएको आयोगले जनाएको छ । सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तार गरिएको सरकारको दाबी रहे पनि सिट वृद्धि र नयाँ कार्यक्रम सञ्चालनको निर्णय विवादमा परेको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति दिइएको भन्दै निर्णय खारेजको माग गरेका छन् । डा. केसीले विज्ञप्ति जारी गर्दै नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्न माग गरेका छन् । आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिँदा चिकित्सा शिक्षाको गुणस्तरमा सम्झौता हुने उनको भनाइ छ । यसले दक्ष चिकित्सक तथा नर्स उत्पादनमा असर पार्नुका साथै आमनागरिकको स्वास्थ्य र जीवन जोखिममा पार्न सक्ने उनले उल्लेख गरेका छन् । माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका छन् । यो वर्ष ९० मध्ये ८४ शिक्षण संस्थामा सिट निर्धारण गरिएको आयोगका सहसचिव हरिप्रसाद निरौलाले बताए । सिट निर्धारणका लागि ९० शिक्षण संस्थाले स्वमूल्यांकन फाराम भरेर सिट माग गरेका थिए । आयोगका अनुसार बीएस्सी नर्सिङमा १ सय २० र बीएमएसमा ९८ सिट वृद्धि गरिएको छ । वृद्धि भएका बाँकी सिट अन्य विषयका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा दसैंअघि बसेको बैठकले सरकारी मेडिकल कलेजमा मात्र सिट बढाउने निर्णय गरेको थियो । गत वर्ष एमबीबीएस, बीडीएस, नर्सिङलगायत चिकित्सा शिक्षाका १६ शैक्षिक कार्यक्रममा ९ हजार २ सय ७३ सिट निर्धारण गरिएको थियो । तर ८ हजार ५ सय ४८ विद्यार्थी मात्र भर्ना भएका थिए । आयोगले सार्वजनिक गरेको समयतालिकाअनुसार १८ कात्तिकसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । १४ कात्तिकमा एमबीबीएस र १५ कात्तिकमा बीडीएसको प्रवेश परीक्षा हुनेछ । त्यस्तै, १६ कात्तिकमा बीएस्सी नर्सिङ, १७ कात्तिकमा बीएमएमएस, बीएनएस र बीफार्मेसीलगायत तथा १८ कात्तिकमा बीपीएच विषयको परीक्षा हुने आयोगले जनाएको छ । सबै परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएका केन्द्रमा सञ्चालन हुनेछन् । आयोगले शैक्षिक क्यालेन्डरमा तोकिएको समयभन्दा करिब एक महिना ढिलो प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो । क्यालेन्डरमा असोजको तेस्रो साता प्रवेश परीक्षा गर्ने उल्लेख छ । परीक्षा ढिलो हुँदा भर्ना र पठनपाठन सुरु हुने समयसमेत प्रभावित हुने देखिएको छ । सरकारले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा चिकित्सा शिक्षाको भर्ना प्रक्रिया प्रभावित भएको हो । गत वैशाखमा अध्यादेश ल्याएर सरकारले आयोगका उपाध्यक्षसहितका पदाधिकारीलाई पदमुक्त गरेपछि नियुक्तिमा ढिलाइ भएको थियो । पदाधिकारी नहुँदा प्रवेश परीक्षा आवेदन आह्वानमै ढिला भएको थियो । ईकान्तिपुरबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play