सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राऊ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। साइबर ब्युरोका अनुसार पीपीएमओको ई–जीपी प्रणालीमा विभिन्न ठेक्काका विवरण हेरफेर गरिएको सम्बन्धमा प्राप्त निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो। अनुसन्धानबाट तीन जना व्यक्तिको संलग्नता खुलेपछि उनीहरूविरुद्ध पक्राउ अनुमति लिइएको ब्युरोले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर ब्युरोको टोलीले २०८३ कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। The post सरकारी ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राऊ appeared first on Technology Khabar.
सरकारी ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राऊ

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






