Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सरकारमाथि ओलीको आरोपै आरोप, आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन

सरकारमाथि ओलीको आरोपै आरोप, आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन

10/28/2026, 6:39:14 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारमाथि ओलीको आरोपै आरोप, आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनका लागि तयार हुनुपर्ने बताए । आन्दोलनबाट भाग्न खोजे र आन्दोलन गर्ने आँट नगरे देशको रक्षा गर्न नसकिने उनको दाबी छ । ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने, टक्टक्याउने खालको मनस्थिति पनि नबनाऔँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ,’ उनले भने । अध्यक्ष ओलीले अहिलेको असहज परिस्थितिमा आन्दोलनबाहेक अन्य बाटोबाट अघि बढ्न खोजे सफल हुन नसकिने बताए । आन्दोलनले नै शक्ति आर्जन गर्ने, अघि बढाउने र जिताउने उनको भनाइ छ । ‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट हामी जान खोज्यौँ भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो,’ उनले भने । अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा नेपाली जनतालाई धोका दिइरहेको आरोप लगाए । त्यस्ता शक्तिहरूले मानिसको ज्यान जाने षड्यन्त्र गर्ने र त्यसैलाई हतियार बनाएर आगजनी, लुटपाट, तोडफोड तथा आतंक फैलाउने गरेको उनको आरोप छ । ‘अब दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैलाउने षड्यन्त्र गर्दछन्,’ उनले भने । अध्यक्ष ओलीले देशमा मानिसहरूले स्वतन्त्र रूपमा बोल्नसमेत नसक्ने गरी आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाए । बोल्नेबित्तिकै पक्राउ पुर्जी जारी गर्ने, गिरफ्तार गर्ने तथा अन्य कारबाही गर्ने अवस्था रहेको उनको भनाइ छ । सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रहरीको यस्तो शैली उचित नभएको उनको तर्क छ । ‘कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो कि त पुर्जी, बोल्यो कि त गिरफ्तारी, बोल्यो कि त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? ड्रेस नलगाएर आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिनाबर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो कि को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ,’ उनले भने । अध्यक्ष ओलीले सरकार ‘फाँसीवाद’ तर्फ बेलगाम अघि बढिरहेको आरोपसमेत लगाए । राज्य नै स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको उनको भनाइ छ । यस्तो अवस्थामा पार्टी आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प नरहेको उनले बताए । ‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन,’ उनले भने । अध्यक्ष ओलीले तत्कालै वा तिहार तथा छठपछि आन्दोलन गर्नुपर्ने अवस्था आए पनि पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिए । आन्दोलनका लागि भित्रभित्रै तयारी गर्नुपर्ने उनको भनाइ छ । उनले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेविरुद्ध पराजित गर्ने प्रयास भइरहेको आरोप लगाए । आगामी निर्वाचनबाट त्यस्ता प्रयासलाई असफल बनाउनुपर्ने उनले बताए । ‘अहिले, भरे, भोलि, तिहारपछि, छठपछि होस् कि तर हामी तयारी मानसिक रूपमा हुनुपर्छ । भित्रभित्रै तयारी रूपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवास्वप्नमा परिणत गरिदिनुपर्छ,’ उनले भने । अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी
OthersJust now

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ । ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी… ...

अनलाइन खबर
‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह
OthersJust now

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता ...

पर्दाफास
लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ
OthersJust now

लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ

मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ...

पर्दाफास
एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
OthersJust now

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play