Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

10/28/2026, 10:21:59 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

काठमाडौँ । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन निर्देशन दिइएको हो। यस सम्बन्धमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा तथा प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न आग्रह गरेको छ। इकाईका प्रमुख डा.हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न,निजको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ। त्यसैगरी,सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी)सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति,औषधि,स्वास्थ्य सामग्री,उपकरण,एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ। विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज,शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ। इकाईले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ। सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन,आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न यी तयारीलाई प्राथमिकतामा राखिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

बाढीले क्षति पुर्‍याएपछि काठ राखेर आवागमनमा सहज बनाइएको पुल
ताजा खबरJust now

बाढीले क्षति पुर्‍याएपछि काठ राखेर आवागमनमा सहज बनाइएको पुल

• मनाङको सदरमुकाम चामेमा आएको बाढीले मरस्र्याङदी नदी माथिको पुलमा क्षति पुर्‍याएको छ। • पुलको बिममा काठ राखेर सवारीसाधन र सर्वसाधारणलाई आवागमनमा सहज गरिएको छ। ...

नेपालबहस
निजामती सेवा छाड्नेको लहर, १० वर्ष जागिर बाँकी भएकाले पनि दिए राजीनामा
ताजा खबरJust now

निजामती सेवा छाड्नेको लहर, १० वर्ष जागिर बाँकी भएकाले पनि दिए राजीनामा

निजामती सेवाका विशिष्ट श्रेणीदेखि राजपत्र अनङ्कित कर्मचारीसम्मले धमाधम राजीनामा दिरहेका छन्। राजीनामा दिनेमा सेवा निवृत्तिनजिक पुगेका कर्मचारीदेखि १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सहसचिव तहका कर्मचारीसम्म छन्। चालु आर्थिक वर्षयता नेपाल प्रशासन सेवाका १० जना सहसचिवले एक वर्षभन्दा बढी जागिर छँदै राजीनामा दिइसकेका छन्। सहसचिवहरू प्रदीपराज अधिकारी, शिवादेवी दाहा... ...

नेपालखबर
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
ताजा खबरJust now

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्‍याएका छन् । रोयटर्सका अनुसार यसका कारण राजनीतिक दल... ...

रातोपाटी
धानखेत बगरमा परिणत
ताजा खबरJust now

धानखेत बगरमा परिणत

रसुवा।नुवाकोटको उत्तरगया गाउँपालिका–४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेंसी, तल्लो पैरेबेंसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन्। वर्षभरि खाने धान पाक्ने बेला हुन लागेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play