Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पत्ति छानबिनमा दोषी देखिए राजनीति छाडेर भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिनुभएको छ । सम्पत्ति छानबिनका क्रममा भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको उहाँले बताउनुभएको छ । बुधबार राप्रपा काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने बताउनुभयो । उहाँले संसद्मा प्रतिनिधित्व गरेदेखि नै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउनुभयो । सबैभन्दा पहिले आफ्नै सम्पत्ति छानबिन गर्नुपर्ने माग आफूले निरन्तर राख्दै आएको उहाँको भनाइ थियो । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिएकोप्रति प्रश्न उठाउँदै लिङ्देनले आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्बाटै निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।’ आफू सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी रहेको दाबी गर्दै उहाँले राप्रपा पनि भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । यसैगरी, पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै अध्यक्ष लिङ्देनले नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सहमतिका आधारमा गर्नुपर्ने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभयो । महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूले व्यक्तिगत स्वार्थका लागि एकअर्काको मानमर्दन गर्ने तथा पार्टीको मनोबल कमजोर बनाउने गतिविधि गर्न नहुने उहाँको भनाइ थियो । ‘अब हाम्रो मुख्य लक्ष्य पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेतृत्व चयन सहमतिबाट हुन सके राम्रो हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ’, उहाँले भन्नुभयो । पार्टीको एकता, प्रतिष्ठा र हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले आगामी दिनमा राप्रपाले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद
Latest NewsJust now

सडक सफाइको विषयमा सांसद आशिका र वडाध्यक्षबीच विवाद

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ र थाक्रे गाउँपालिका–३ का वडाध्यक्ष विजय लामाबीच विवाद भएको छ । सडक सरसफाइको विषयलाई लिएर उनीहरूबीच वादविवाद भएको हो । सांसद तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनी वडाध्यक्ष लामाको कार्यकक्षमा पुगेर सडकको अवस्था राम्रो नभएको भन्दै प्रश्न गरिरहेको देखिन्छ । उनले सडक कतै पनि सफा नभएको र सडक बनाउन ...

केन्द्रबिन्दु
आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
Latest NewsJust now

आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दन्र्यानी चिन्ह लगाइदिएका छन् । विगतमा गृह सचिवले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिने परम्परा थियो । नेपाल प्रहरीमा ३४ औँ आईजीपी बनेका केसीलाई सरकारले आजै आईजीपी बनाउने निर्णय गरेको थियो । गृहमन्त्री गुरुङले आईजीपीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि गृहसचिव केदारनाथ शर्माले पुष्पगुच्छा दिएर बधाई दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, प्रहरीका ...

कर्पोरट खबर
आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

आईजीपी प्रकरणमा सरकार र पार्टीकै कुरा बाझियो : विश्वप्रकाश शर्मा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक अभिव्यक्ति आएको भन्दै व्यङ्ग्य गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले आईजीपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरे। सरकारका प्रवक्ता पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताउने तर पार्टीका प्रवक्ताले भने त्यस्तो निर्देशन नदिएको बताउने ...

नेपालन्युज
तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)
Latest NewsJust now

तिहारलाई माटोको दियो-पाला, पुर्खाको सीपमा नयाँपुस्ताको साथ (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको पर्व तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका भाँडाकुँडा र दियो-पाला बनाउन भ्याइनभ्याई छ । तिहारमा घर–आँगन, कोठा झिलिमिली पार्न प्रयोग गरिने माटोका दियोको माग उच्च हुन्छ ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play