Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाचार कक्षमै छिरेर बिनापुर्जी पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ । अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सीलले जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमतिसमेत नलिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ । ‘लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो, विज्ञप्तिमा भनिएको छ,’ यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।’ काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहिता सम्बन्धी उजुरी भएमा त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको भएको सरकार र प्रहरी प्रशासनलाई स्मरण गराएको छ । समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
ताजा खबरJust now

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु... ...

रातोपाटी
१० बजे १० समाचार : प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप, ‘नयाँ–पुराना’ भाष्यले द्वन्द्वकाे खतरा
ताजा खबरJust now

१० बजे १० समाचार : प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप, ‘नयाँ–पुराना’ भाष्यले द्वन्द्वकाे खतरा

काठमाडौँ । आज २०८३ साल कात्तिक १३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप समाचार कक्षबाट... ...

रातोपाटी
पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना
ताजा खबरJust now

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

काठमाडौं। नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ। युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ। युनियनका महासचिव दिलीप पौडेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र ...

नेपालन्युज
सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले
ताजा खबरJust now

सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले

काठमाडौं। नेकपा (एमाले) ले सञ्चारकर्मीमाथि भइरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको आरोप लगाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सरकारले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने कार्य निन्दनीय र अलोकतान्त्रिक भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play