Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० करोड ७५ लाख रुपियाँ हुन्छ। गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा पाँच मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भएको थियो। आयोजना ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटारस्थित विद्युत् उपकेन्द्र हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी हो। नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त यस कम्पनीले सेयर तथा धितोपत्र निष्कासन र बिक्री व्यवस्थापन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य सेवा, सामूहिक लगानी कोष व्यवस्थापन, सेयर दर्ता व्यवस्थापन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्ना सेवाहरू ग्राहकसमक्ष सहज रूपमा पुर्‍याउन गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत सहजीकरण गर्दै आएको जनाएको छ। साथै, नवीनतम प्रविधिको प्रयोग गरी आफ्ना सेवाहरूलाई थप परिष्कृत, प्रभावकारी र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ। The post सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play