Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

10/20/2026, 1:29:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए। ‘हामीसँग चार वटा ड्रोन छन्। रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,’ उनले भने। बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ। प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
OthersJust now

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको करिब दुई महिनापछि ऋतिकले आफ्नो रूप परिवर्तन गरेका थिए । पहिले लामो कपाल पालेका ऋतिकले पछि पूरै टाउको खौरिएको बताइएको छ । यसो गर्दा आफू बसेको क्षेत्रका मानिसहरूले सजिलै चिन्न नसक्ने… ...

अनलाइन खबर
ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
OthersJust now

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

अनलाइन खबर
भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
OthersJust now

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?

करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...

अनलाइन खबर
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
OthersJust now

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play