Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

संवैधानिक आयोगहरूमा रिक्तता

Share:WhatsAppFacebookX (Twitter)Telegram
संवैधानिक आयोगहरूमा रिक्तता
Photo / Coverage: हिमालय टाइम्स

यतिखेर विभिन्न संवैधानिक आयोगमा रिक्तताको अवस्था छ । विभिन्न आयोगका अध्यक्ष तथा सदस्यहरूको पद ठूलो संख्यामा रिक्त छन् । यस्ता रिक्त पदहरूको परिपूर्तिको प्रयास हुनसकेको छैन । जसका कारण ती आयोगहरूको जिम्मेवारीका काम हुनसकेका छैनन् । सरकारलाई विभिन्न बाधा अड्चन भएर अथवा सरकारले त्यसतर्फ बेवास्ता गरेर यस्तो अवस्थाको सिर्जना भएको हो, केही बताइएको छैन । २०४७ सालको संविधानले नेपालमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय तथा महान्यायाधिवक्ताको कार्यालयलाई मात्र यस्ता आयोगका रूपमा व्यवस्था गरेको थियो । पछिल्लो चरणमा क्रमशः विभिन्न आयोग थपिँदै गए, राष्ट्रिय मानव अधिकार आयोग थपियो अनि राष्ट्रिय महिला आयोग, मुस्लिम आयोग, थारू आयोग, दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, जनजाति आयोग, राष्ट्रिय सूचना आयोगजस्ता धेरै आयोग थपिए । २०७२ सालको संविधानले यस्ता आयोगहरूको व्यवस्था गर्‍यो । यस्ता आयोगहरू असल नियत र उद्देश्यले स्थापना भएका थिए । यिनले ती लक्षित वर्गको हितप्रवर्धन गर्ने उद्देश्य राखेको थियो तर यस्ता आयोगहरू पनि पछिल्लो चरणमा आफ्नो उद्देश्यमा असफल भए र एनजिओमा परिणत भए भन्ने आलोचना हुने गरेको छ । त्यस्तो वर्गका व्यक्तिहरूको अवस्था आयोग स्थापना हुनु अगाडि र आयोग स्थापना भएको लामो समय बित्दा पनि उस्तै रह्यो, कुनै परिवर्तन भएन भनेर ठूलो आलोचना हुनेगरेको छ । कतिपय विज्ञहरूले त नेपालको हकमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षकको कार्यालय, माहान्यायाधिवक्ताको कार्यालयबाहेक राष्ट्रिय मानव अधिकार आयोग भए पुग्छ अन्य वर्गपिच्छेका यति धेरै आयोगहरूको आवश्यकता छैन भनेर तर्क गरिरहेका छन् । ती आयोगका लागि सरकारको ठूलो धनराशि खर्च हुनेगरेको छ । कार्यालय व्यवस्थापन र सञ्चालनदेखि आयुक्तहरूको सेवासुविधा तथा कर्मचारीहरूको व्यवस्था, तिनलाई दिने मासिक तलब अन्य सेवासुविधालगायतको धेरै खर्च त्यसमा हुनेगरेको छ । तर, आशातीत लक्ष्य हासिल हुन भने सकेको पाइँदैन । आयोगका आयुक्तहरूको उमेर हद ६५ वर्ष तोकिएको हुँदा पहिलेदेखिका आयुक्तहरू उमेर हदका कारणले र कतिपयले राजीनामा गरेर बाहिरिनाले त्यस्ता आयोगमा विभिन्न पद रिक्त छन् । यसरी पद रिक्त हुनाले ती आयोगबाट हुने कामकारबाहीमा ढिलासुस्ती हुनु स्वाभाविक हुन्छ । अहिलेको अवस्था त्यही हो । कुनै पनि आयोगलाई खारेज गर्ने अवस्था छैन । सरकारले त्यो आँट गर्न सक्दैन, किनभने निष्क्रिय रहेका र काम गर्न नसकेका आयोगहरूलाई सरकारले यदि खारेज गर्ने हो भने निश्चित वर्ग, जाति तथा लिंग विशेषका आयोग खारेज हुनासाथ त्यस्ता वर्गबाट विरोधको ठूलो आवाज उठ्नसक्छ । त्यो स्वाभाविक हो । त्यसकारणले ती आयोगहरू नाम मात्रका, कामबिनाका र निष्क्रिय रहेका भए पनि तिनको खारेजीको सम्भावना छैन । अर्कातिर विभिन्न आयोगका रिक्त पदमा पदपूर्ति गर्न संविधानले व्यवस्था गरेको संवैधानिक परिषद्ले ती रिक्त पदहरूमा पदपूर्ति गर्न कुनै चासो देखाएको छैन । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता रहने व्यवस्था छ । संवैधानिक परिषद्का अध्यक्ष अथवा प्रधानमन्त्रीले बैठक डाकेर यस्ता रिक्त पदहरूमा खुरुखुरु पदपूर्ति गर्ने हो भने त्यो असम्भव छैन, किनभने संवैधानिक परिषद्मा सहज रूपमा गणपूरक संख्या (कोरम) पुग्ने अवस्था छ । प्रधानमन्त्री, उहाँले नियुक्ति गर्नुभएका प्रधानन्यायाधीश, उहाँहरूकै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बन्नुभएका सभामुख, उहाँहरूकै समर्थनमा बन्नुभएकी उपसभामुख भएपछि त्यहाँ गणपूरक संख्या नपुग्ने अवस्था छैन तर यसरी रिक्त रहेका आयुक्तहरूको ठाउँमा अरू व्यक्ति नियुक्ति गरेर ती रिक्त स्थानहरू परिपूर्ति गर्ने चाहना भने राख्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले तदारुकता नदेखाएर नै यी ठाउँहरूमा रिक्तता कायम हुन आएको हो । कतिपय आयोगहरूका पदहरू लामो समयदेखि रिक्त छन् । केही आयुक्तहरू उमेर हदका कारण आयोगबाट बाहिरिनुभएको छ भने कोहीले आफूलाई कुनै किसिमले असहज भएको महसुस गरेर आफैं राजीनामा गरी बाहिरिनुभएको छ । जुन प्रक्रियाले होस् ती ठाउँहरू रिक्त भएको कुरा यथार्थ हो । केही आयोगहरूमा त एक–दुईजनामात्र आयुक्त बाँकी हुनुहुन्छ । त्यसकारणले कि जसले उद्देश्य अनुसार लक्षित वर्गको हितमा काम गर्न सकेका छैनन् ती आयोगहरू नै खारेज गर्नुपर्छ कि भने तिनलाई व्यवस्थित बनाएर सञ्चालन गर्न सक्नुपर्छ । त्यसो नगर्ने हो भने आयोग बनाउँदै जाने, आयोगको संख्या थप्दै जाने तर ती केवल गणनामा मात्र रहिरहने हो भने तिनको कुनै औचित्य छैन । तिनलाई व्यवस्थित गर्न त्यहाँ केही थान कर्मचारी भएरमात्र पुग्दैन, त्यहाँ तिनलाई नीतिनियम सिकाएर काममा सक्रिय गराउन र निर्देशन दिन महत्त्वपूर्ण भूमिका खेल्ने आयुक्त पनि चाहिन्छ । ती आयुक्तहरू सरकारले छिटो व्यवस्था गर्नुपर्छ होइन भने आयुक्तबिनाका आयोग रहनुको कुनै औचित्य छैन । महिला आयोगले महिलाहरूको हित प्रवर्द्धन गर्न सक्नुपर्छ । यसैगरी दलित आयोगले दलितहरूका समस्या केलाउन र तिनको निवारण गर्न सक्नुपर्छ भने मुस्लिम आयोगले मुस्लिमहरूको हितमा काम गर्न सक्नुपर्छ । जनजाति आयोगले जनजातिहरूका समस्या पर्गेलेर ती समस्याहरूको निराकरण गर्न सक्नुपर्छ । जनजातिको सूची तयार गरेरमात्र आयोगको जिम्मेवारी पूरा हुन सक्दैन । यतिवटा जात जनजाति हुन् भनेर सूचीकृत गर्नमात्र लामो समय लागेको छ । त्यसमा अझै विवाद कायमै छ । सूचीकृत हुन नसकेका कतिपय जातिहरू हामी पनि जनजाति हौं, हामीलाई पनि सूचीकृत गरियोस् भन्दैछन् भने सूचीकृत गरिएका केही जातिहरू कतै पाइएका छैनन् भनिँदैछ । यस कारण ज–जसको जे–जे जिम्मेवारी हो त्यसले ती वर्गको हित गर्न सक्नुपर्छ । होइन भने तिनको कुनै औचित्य रहँदैन । तिनलाई औचित्यपूर्ण बनाउन संवैधानिक परिषद्ले यथाशीघ्र रिक्त आयुक्तहरूका पद पूर्ति गर्नुपर्ने हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान
Latest NewsJust now

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा ...

कर्पोरट खबर
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि
Latest NewsJust now

गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् । भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया ...

केन्द्रबिन्दु
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Latest NewsJust now

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र ...

नेपालन्युज
कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन
Latest NewsJust now

कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन

धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement