Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Photo / Coverage: नेपालन्युज

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सातवटा मुख्य क्षेत्रको पहिचान गरेका छन्। उनले सुरक्षित तथा आधुनिक सीमा व्यवस्थापन र लगानीको संरक्षणका लागि दुवै पक्षबाट प्रतिबद्धता हुनुपर्ने धारणा राखे। सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली उद्योगीहरूले भोगिरहेका समस्याबारे पनि ध्यानाकर्षण गराए। उनले विशेषगरी जुट, फलामे छड र इस्पात उद्योगहरूले गुणस्तर प्रमाणीकरणलगायतका चुनौती सामना गरिरहेको बताए। भारतीय पक्षबाट बेला-बेलामा हुने अवरोधले नेपाली व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै उनले अधिकांश उद्योगको कच्चा पदार्थ भारतबाटै आयात हुने भएकाले ती उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक रहेको तर्क गरे। यसैगरी, व्यवसायी दीपक मलहोत्राले भारतीय लगानीकर्ताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। बिजनेस राउन्ड टेबलपछि पनि ठूला उद्योग सञ्चालनका विषयमा भारतीय व्यवसायीहरूसँग थप छलफल हुने उनले बताए। सरकारले नेपालमा मल कारखाना स्थापना गर्ने योजना अघि सारेकाले सो परियोजनामा पनि भारतीय व्यवसायीसँग सहकार्य गर्न सकिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै

• प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। • वार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। • प्रधानमन्त्री शाहको भारत भ्रमणको क्रममा राष्ट्रपति भवनमा औपचारिक स्वागत र महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ। ...

नेपालबहस
माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति
Latest NewsJust now

माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति

• सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर, पसल र होटल पूर्ण रूपमा क्षति भएका छन्। • आगलागी ६ मंसिरको राति टंक राईको घरमा भएको थियो, जसमा सुन्दर राईको पसल, पिटर नेपालीको पसल र हर्कजित राईको होटल समावेश छन्। • उपाध्यक्ष गौरव राईले आगलागीबाट ठूलो भौतिक क्षति भएको जानकारी दिएका छन्, तर क्षतिको विस्तृत विवरण र आगलागीको कारणबारे थप ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement