श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् ।

के हो त श्रम ब्रिगेडको अवधारणा ?

श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो प्रशासनिक प्रक्रियामा अल्झिनुभन्दा तत्काल परिचालन भएर मर्मत तथा व्यवस्थापनमा सहयोग पु¥याउनु यसको मुख्य अवधारणा हो ।

श्रम ब्रिगेडको संरचना र कार्यक्षेत्र

क्लस्टर निर्माण ः दुईदेखि तीनवटा वडाका श्रमदाताहरूलाई समेटेर नगरभित्र ५–६ वटा क्लस्टर निर्माण गरिनेछ।

संयोजकको व्यवस्था स् प्रत्येक क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहनेछन्।

तत्काल परिचालन ः सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिएमा आवश्यक जनशक्ति र उपकरणसहित तत्काल परिचालन हुने व्यवस्था गरिनेछ।

मुख्य कार्यक्षेत्र ः श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने ।

श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ।

श्रमलाई सम्मान, सीपलाई उपयोग र सामूहिक प्रयासमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यसहित श्रम ब्रिगेडको अवधारणा अघि सारिएको षडानन्द नगर कार्यसमितिले जनाएको छ।

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

Read Complete Original Article
Published originally on पर्दाफास