Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ । महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ । महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ । त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ । महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
OthersJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । ...

अनलाइन खबर
युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता
OthersJust now

युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता

१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ । दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ । आक्रमणमा… ...

अनलाइन खबर
सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने
OthersJust now

सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ । बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ । बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत […] ...

लोकपथ
हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ
OthersJust now

हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ

बाढीपहिरोको क्षति सम्बोधन गर्न नेपालले २ करोड अमेरिकी डलर सहायता पाउने निर्णय अन्तर्राष्ट्रिय जलवायु कूटनीतिमा एउटा ऐतिहासिक नजिर त हो; तर ११ खर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको नेपालका लागि यो रकम हात्तीको मुखमा जिरा जस्तै छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play