शुभको स्थानमा शिवमले कर्णालीबाट खेल्ने

काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणका लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध हुनुभएको थियो । तर, उहाँको हातमा चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेल्नुभएको थियो । उहाँ भक्तपुरका खेलाडीसमेत हुनुहुन्छ ।योसँगै कर्णाली याक्सको घरेलु खेलाडीमा मार्की सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, विपिन शर्मा, युनिशविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहनुभएको छ । यता, विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर, पाकिस्तान ट्वान्टी २० क्रिकेट टिमका कप्तान साहिवजादा फर्हान, पाकिस्तानकै अलराउण्डर हुसैन तलात, स्कटल्याण्डका अलराउण्डर मार्क वाट, बंगलादेशका खेलाडीद्वय अरिफुल इस्लाम र अकबर अली अनुबन्ध हुनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्। पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर
काठमाडौं । नेपाली अर्थतन्त्रमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक पर्व होइन, बजारमा नगद प्रवाह बढाउने, उपभोग विस्तार गर्ने र व्यापारिक गतिविधि तीव्र बनाउने सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिजनमध्ये एक हुन् । वर्षभरि कमाएको रकम चाडपर्वमा खर्च गर्ने नेपाली परम्पराले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि बढाउँछ । तर, आयातमा आधारित उपभोग र कमजोर आन्तरिक उत्पादनका कारण चाडपर्वमा देखिने बजारको चमकलाई समग्र अर्थतन्त्रको दिगो ...

पशुमा बढ्दो बाँझोपन
काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म ग... ...

आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने
केही दिनयता आन्दोलनका कारण युरोप आक्रान्त छ । फ्रान्सबाट सुरु भएको आन्दोलन इटाली, पोर्चुगल, अल्बानिया हुँदै सारा युरोपमा फैलिन सक्ने अन्दाज हुन थालेको छ । विकसित मुलुक भनिएका फ्रान्स जस्ता शहरहरूमा अकस्मात निम्तिएको आन्दोलनको संकटले विश्व राजनीति र विश्व समाजमा कैयौं प्रश्नहरू उब्जिन थालेका छन् । आन्दोलनको प्याटर्न हेर्दा अन्य मुलुकमा भएका पछिल्ला आन्दोलन जस्तै आन्दोलनको स्वरूप देखिन्छ । तर, ...


