Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध

शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्णव’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ। यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ। सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ। त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सम्भावित अर्नव चक्रवात :  उच्च सतर्कता अपनाउन टानको आग्रह
ताजा खबरJust now

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना... ...

रातोपाटी
इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै
ताजा खबरJust now

इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै

काठमाण्डु –इजरायलको आमनिर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनको अग्रता खुम्चिन थालेको छ। द टाइम्स अफ इजरायलका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेटसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना हुँदा नेतान्याहु समर्थक गठबन्धनले ५९ सिट प्राप्त गर्ने देखिएको छ। नेतान्याहुविरोधी गठबन्धनले भने ४६ सिट पाउने प्रारम्भिक अनुमान छ। यसअघि सार्वजनिक प्रारम्भिक नतिजामा नेतान्याहु समर्थक […] ...

काठमाण्डुपाटी
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
ताजा खबरJust now

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे... ...

रातोपाटी
पोखरीबाट निकालिएको फोहोर बस्ती बिचमै जलाइँदा स्थानीयलाई सास्ती
ताजा खबरJust now

पोखरीबाट निकालिएको फोहोर बस्ती बिचमै जलाइँदा स्थानीयलाई सास्ती

लक्ष्मी चौधरी जनकपुरधाम, कात्तिक ११ गते । लामो समयदेखि डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको जनकपुरधाम उपमहानरपालिकास्थित देवान पोखरीबाट निकालिएको फोहोर पोखरी आसपासमै जलाउन थालिएपछ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play