Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन
Photo / Coverage: हिमालय टाइम्स

मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्‍याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, स्यालपाखे, छेन्तुङलगायतका ठाउँमा विद्युत् विस्तार गरेको उहाँको भनाइ छ । विद्युत् प्राधिकरणको १८ करोड रुपैयाँ लागतमा ११ केभी प्रसारण लाइन विस्तार भएको प्रमुख मरासिनीले जानकारी दिनुभयो । गत वर्ष प्राधिकरणले ढोरपाटनमा विद्युत् पुर्‍याए पनि सञ्चालन गर्न सकिएको थिएन । बर्खाको समयमा बाढीपहिरोले पोल बगाउने र तार चुँडिएको हुँदा अहिले मर्मत गरेर विद्युत् सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रमुख मरासिनीले भन्नुभयो, ‘ढोरपाटनसम्म विद्युत् अघिल्लो वर्ष नै पुर्‍याएका थियौँ । तर, सञ्चालन भएको थिएन । यसपटक मर्मत गरेर घर–घरमा विद्युत् जडान हुन थालेको छ । अब नियमितरूपमा विद्युत् सञ्चालन हुनेछ । यहाँ स्थानीय हाइड्रोपावरमार्फत् विद्युत् सेवा सञ्चालन हुँदै आएको थियो । जनसंख्या बढी विद्युत् उत्पादन क्षमता कम हुँदा केही समस्या परेको रहेछ । अब त्यो समस्या समाधान हुनेछ ।’ बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त लाइन सञ्चालनपछि बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज गरिएकाले उक्त क्षेत्रका उपभोक्तालाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति भएको मरासिनीको भनाइ थियो । प्रसारण लाइन सञ्चालनसँगै उक्त क्षेत्रका उपभोक्ताले अब विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बागलुङ वितरण केन्द्रको बुर्तिबाङ नो लाइटमार्फत् आवेदन फाराम भरी विद्युत् जडानका लागि अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रका उपभोक्ताले भोग्दै आएको न्यून भोल्टेज समस्या समाधान हुनुका साथै गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा तीव्ररूपमा बस्ती विस्तार हुँदै गएपछि विद्युत् समस्या बढ्न थालेको भन्दै केन्द्रीय प्रसारण लाइन भएपछि अब समस्या नहुने उहाँको भनाइ छ । बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका-५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी रहेको छ । उक्त क्षेत्रमा चालु आर्थिक वर्षभित्र विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेकाले अब ठेक्का प्रक्रिया अगाडि बढाई विद्युतीकरणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिद्धार्थ र भिसाबीच सम्झौता
Latest NewsJust now

सिद्धार्थ र भिसाबीच सम्झौता

काडमाडौं । सिद्धार्थ बैंक र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यता विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको बैंकले जनाएको छ । सिद्धार्थ ...

हिमालय टाइम्स
डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार
Latest NewsJust now

डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार

काठमाडौं । नोभेम्बर महिनाको अन्त्यसँगै ओटिटी प्लेटफर्महरूमा दर्शकका लागि विविध विधाका फिल्म तथा सिरिज सार्वजनिक भएका छन् । सस्पेन्स थ्रिलर, सुपरहिरो एक्सन, राजनीतिक दाउपेच, साइन्स फिक्सन र एनिमेदेखि आध्यात्मिक तथा रोमान्टिक कथासम्मका सामग्रीले डिजिटल बजारलाई यो साता थप रोमाञ्चक बनाएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, जियोहटस्टार र सोनी लिभलगायत प्लेटफर्ममा आएका यी नयाँ सामग्रीले फरक रुचि भएका दर्शकलाई आकर्षित गर्ने ...

हिमालय टाइम्स
शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल
Latest NewsJust now

शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल

काठमाडौं । प्रोटिन भन्नेबित्तिकै हाम्रो दिमागमा दाल, अण्डा, मासु र दूधजस्ता खानेकुरा आउँछन् । तर, केही फलफूलमा पनि प्रोटिन पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । फलफूल प्रोटिनको मुख्य स्रोत नभए पनि यिनलाई नियमित आहारमा समावेश गर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्नसक्छ । विशेषगरी दैनिक खानामा थप पोषण र केही मात्रामा प्रोटिन समावेश गर्न चाहनेहरूका लागि अम्बा, एभोकाडो, कटहर ...

हिमालय टाइम्स
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम
Latest NewsJust now

इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement