Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

Share:WhatsAppFacebookX (Twitter)Telegram
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम
Photo / Coverage: हिमालय टाइम्स

इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण रहनेछन् । जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुनलागेको कन्सर्टलाई काठमाडौं बाहिर अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम विस्तार गर्ने प्रयासका रूपमा लिइएको छ । आयोजक जय मिडियाका जयराज रायले काठमाडौंमा मात्रै सीमित अन्तर्राष्ट्रियस्तरका कन्सर्ट देशका अन्य शहरमा पनि आयोजना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न इटहरीमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । सीमावर्ती भारतीय शहरहरू नजिक रहेकाले कन्सर्टमा भारतबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकको अपेक्षा छ । ‘कन्सर्टमा भारतबाट मात्रै आठदेखि १० हजार दर्शक आउने हाम्रो अपेक्षा छ,’ रायले भन्नुभयो । उहाँका अनुसार कन्सर्टले सांगीतिक मनोरञ्जनसँगै पूर्वी नेपालको पर्यटन प्रवर्द्धन, होटल व्यवसाय तथा स्थानीय व्यापारमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन
Latest NewsJust now

शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्‍याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, ...

हिमालय टाइम्स
डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार
Latest NewsJust now

डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार

काठमाडौं । नोभेम्बर महिनाको अन्त्यसँगै ओटिटी प्लेटफर्महरूमा दर्शकका लागि विविध विधाका फिल्म तथा सिरिज सार्वजनिक भएका छन् । सस्पेन्स थ्रिलर, सुपरहिरो एक्सन, राजनीतिक दाउपेच, साइन्स फिक्सन र एनिमेदेखि आध्यात्मिक तथा रोमान्टिक कथासम्मका सामग्रीले डिजिटल बजारलाई यो साता थप रोमाञ्चक बनाएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, जियोहटस्टार र सोनी लिभलगायत प्लेटफर्ममा आएका यी नयाँ सामग्रीले फरक रुचि भएका दर्शकलाई आकर्षित गर्ने ...

हिमालय टाइम्स
शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल
Latest NewsJust now

शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल

काठमाडौं । प्रोटिन भन्नेबित्तिकै हाम्रो दिमागमा दाल, अण्डा, मासु र दूधजस्ता खानेकुरा आउँछन् । तर, केही फलफूलमा पनि प्रोटिन पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । फलफूल प्रोटिनको मुख्य स्रोत नभए पनि यिनलाई नियमित आहारमा समावेश गर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्नसक्छ । विशेषगरी दैनिक खानामा थप पोषण र केही मात्रामा प्रोटिन समावेश गर्न चाहनेहरूका लागि अम्बा, एभोकाडो, कटहर ...

हिमालय टाइम्स
दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले ओलम्पिक टर्च तथा ट्रफी टुर आरम्भ गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार टुरको शुभारम्भ गरिएको हो । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको छ । कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव रविन ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement