Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार गरेका थिए । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले दोषीलाई पक्राउ गर्न माग गरेका छन्। यसअघि ‘द वासिङ्टन पोस्ट’ की अमेरिकी फोटो पत्रकार हेइडी लेभिन बस्तीका बासिन्दाहरूको आक्रमणमा परी घाइते हुनुभएको थियो । उहाँको मेरुदण्डको हड्डी भाँचिएको छ। अमेरिकी राजदूत माइक हुकाबीले दोषीलाई कारबाही गर्न माग गरेका छन्। इजरायली विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै अनुसन्धान गर्ने जनाएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बस्तीवासीविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले भने हिंसाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताए। जैतुन टिप्ने वार्षिक मौसममा वेस्ट ब्याङ्कमा हिंसा बढ्ने गरेको छ । प्यालेस्टिनी किसानले बस्तीवासीबाट आक्रमण र जग्गा कब्जाको सामना गर्नुपरेको आरोप लाग्दै आएको छ । सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा करिब ३० लाख प्यालेस्टिनी र पाँच लाख इजरायली बस्तीवासी बसोबास गर्छन्। अन्तर्राष्ट्रिय कानूनअनुसार इजरायली बस्ती अवैध मानिन्छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी
ताजा खबरJust now

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनी विरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी... ...

रातोपाटी
ड्यानियल डुबोइसले जोगाए डब्लुबीओ हेभीवेट बक्सिङ उपाधि
ताजा खबरJust now

ड्यानियल डुबोइसले जोगाए डब्लुबीओ हेभीवेट बक्सिङ उपाधि

काठमाडौं– ड्यानियल ‘डाइनामाइट’ डुबोइसले लन्डनमा भएको विश्व उपाधि पुनर्भिडन्त (रिमेच) मा आफ्ना बेलायती समकक्षी बक्सर फाबियो वार्डलीलाई दोस्रो राउन्डमै एकपक्षीय र विनाशकारी प्रहारसहित पराजित गर्दै आफ्नो विश्व बक्सिङहेभीवेट बेल्ट सुरक्षित राखेका छन्। शनिबार एरेनामा २९ वर्षीय च्याम्पियन डुबोइसले आक्रामक सुरुवात गरे। खेल सुरु भएको १७ सेकेन्डभित्रै डुबोइसले आफ्नो दाहिने हातको सशक्त प्रहार (स्ट्रेट राइट पन्च) मार्फत वार्डलीलाई भुइँमा ढलाए, जसका कारण ...

विश्वखबर
पातलिँदै उपत्यकाको सडक, दशैँ मनाउन फर्किने बढे [फोटोफिचर]
ताजा खबरJust now

पातलिँदै उपत्यकाको सडक, दशैँ मनाउन फर्किने बढे [फोटोफिचर]

बडादशैँको आगमनसँगै काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेको क्रम बढेपछि सडकमा सवारी चाप कम हुँदै गएको छ। ...

हाम्राकुरा
नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ
ताजा खबरJust now

नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

सुनसरी। इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान् मन्दिर नजिककै बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए। इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play