Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित

Share:WhatsAppFacebookX (Twitter)Telegram
वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफेन रदरफोर्ड सुदुरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफेन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले आज सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गर्दै यसपटकको सिजनका लागि आफ्नो विदेशी खेलाडीको रूपमा रदरफोर्डलाई भित्र्याएको जानकारी दिएको हो । बायाँहाते मध्यक्रमका ब्याटर रदरफोर्ड टि–२० क्रिकेटमा आफ्नो निर्भीक र आक्रामक ब्याटिङ तथा उत्कृष्ट फिनिसिङ क्षमताका लागि परिचित छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर, मुम्बई इन्डियन्स र गुजरात टाइटन्स जस्ता ठूला टोलीहरूबाट खेलिसकेका २८ वर्षीय रदरफोर्डसँग विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरूको व्यापक अनुभव छ । हालैका अन्तर्राष्ट्रिय खेलहरूमा समेत उनले उत्कृष्ट लय प्रदर्शन गर्दै ठूला सटहरू प्रहार गर्ने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टी–२० क्रिकेटमा उनको स्ट्राइक रेट उच्च छ र उनी डेथ ओभरमा विशेष प्रभावकारी देखिन्छन् । हालसालै भारतविरुद्धको टी–२० सिरिजमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । सुदूरपश्चिम रोयल्सले यसअघि सेफ अली जैब (इङ्ल्यान्ड), स्कट कुग्लेइन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलन लगायतका खेलाडीलाई अनुबन्ध गरिसकेको थियो । रदरफोर्डको आगमनसँगै टोलीको विदेशी ब्याटिङ लाइनअप थप बलियो बनेको छ । कप्तान दीपेन्द्र सिंह ऐरी र हेड कोच मिसबाह उल हकको नेतृत्वमा टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो दुई संस्करणमा लगातार फाइनल पुगेर पनि उपाधि जित्न सकेको थिएन । रदरफोर्ड जस्तो पावर(हिटरले टिमको मध्यक्रमलाई थप आक्रामक बनाउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
ताजा खबरJust now

यमनमा पुनः चर्कियो द्वन्द्व

साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

नेपालन्युज
बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
ताजा खबरJust now

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो

काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

लुम्बिनी सञ्चार
मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
ताजा खबरJust now

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड

६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

नेपालन्युज
‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
ताजा खबरJust now

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play