वेष्ट इण्डिजका अलराउण्डर एलेन सुदूरपश्चिममा

काठमाडौं । वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुनुहुन्छ । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँ टी-२० क्रिकेटका अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसक्नुभएको छ । एलेनले वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीयमा उहाँले २०० रन बनाउनुका साथै सात विकेट लिनुभएको छ । टी-२० अन्तर्राष्ट्रियमा उहाँको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै एक हजार ६३४ रन बनाउनुभएको छ भने १०९ विकेट लिनुभएको छ । यस प्रारूपमा उहाँको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उहाँले १०६ छक्का प्रहार गर्नुभएको छ । एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गर्नुभएको थियो । सन् २०१८ मा भारत भ्रमणका क्रममा उहाँले वेष्ट इण्डिजको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको थियो । सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिनुभएका उहाँ सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किनुभएको थियो । त्यसपछि उहाँले वेष्ट इण्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, युएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी-२० लिगमा खेल्नुभएको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुनुहुन्छ । उहाँको अलराउण्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ’, खड्काले भन्नुभयो । टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्न उत्साहित रहेको बताउनुभयो । ‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपिएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु’, एलेनले भन्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्। पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर
काठमाडौं । नेपाली अर्थतन्त्रमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक पर्व होइन, बजारमा नगद प्रवाह बढाउने, उपभोग विस्तार गर्ने र व्यापारिक गतिविधि तीव्र बनाउने सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिजनमध्ये एक हुन् । वर्षभरि कमाएको रकम चाडपर्वमा खर्च गर्ने नेपाली परम्पराले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि बढाउँछ । तर, आयातमा आधारित उपभोग र कमजोर आन्तरिक उत्पादनका कारण चाडपर्वमा देखिने बजारको चमकलाई समग्र अर्थतन्त्रको दिगो ...

पशुमा बढ्दो बाँझोपन
काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म ग... ...

आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने
केही दिनयता आन्दोलनका कारण युरोप आक्रान्त छ । फ्रान्सबाट सुरु भएको आन्दोलन इटाली, पोर्चुगल, अल्बानिया हुँदै सारा युरोपमा फैलिन सक्ने अन्दाज हुन थालेको छ । विकसित मुलुक भनिएका फ्रान्स जस्ता शहरहरूमा अकस्मात निम्तिएको आन्दोलनको संकटले विश्व राजनीति र विश्व समाजमा कैयौं प्रश्नहरू उब्जिन थालेका छन् । आन्दोलनको प्याटर्न हेर्दा अन्य मुलुकमा भएका पछिल्ला आन्दोलन जस्तै आन्दोलनको स्वरूप देखिन्छ । तर, ...


