विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा.डा सृजना श्रेष्ठले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक रहेको बताइन्। विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई सधैँ कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताएकी हुन्। विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उल्लेख गर्दै उनले खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्। उनले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता उल्लेख गरेकी छन्। पहिलो, नियमित खोप सेवा पु¥याउने, विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गर्ने सुनिश्चिता गर्नुपर्ने उनको भनाइ छ। यसैगरी, पोलियो भाइरसको समयमै पहिचानका लागि अति शीघ्र लुलोपनको निगरानीलाई प्रभावकारी बनाउने, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा हुनु आवश्यक रहेको उनको भनाइ छ। डा. श्रेष्ठले पोलियोसम्बन्धी विश्वव्यापी वित्तीय सहयोगको परिवर्तित परिप्रेक्ष्यमा खोपबाट बचाउन सकिने रोगको निगरानी, प्रयोगशाला सेवा, खोप कार्यक्रम तथा प्रकोप प्रतिकार्यसम्बन्धी अत्यावश्यक क्षमता र संरचनाको संरक्षण गर्नुपर्ने बताइन्। उनले पोलियो उन्मूलनबाट प्राप्त अनुभव, विशेषज्ञता र संरचनाको सदुपयोग गर्दै अन्य खोपबाट बचाउन सकिने रोगको निगरानी तथा प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। नेपालमा राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरूलाई ओरल र इन्जेक्टेबल दुवै प्रकारका पोलियो खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फेरिएको छानासँगै बदलिँदो जीवनशैली
गजेन्द्र गुरुङखजुरा (बाँके), कात्तिक ७ गते । पहाडको एउटा पुरानो घर छ । घरको छानो खरले छाइएको छ । समयले छानोलाई पुरानो बनाएको छ भने घरवरिपरि उम्रिएको झाडीले बदलिँदो जीवनशैलीको कथा स... ...

राष्ट्रियतामाथि आघात पुर्याउने काम भए टुलुटुलु हेरेर बस्दैनाैँ : माधव नेपाल
काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ... ...

किन सुटुक्क चीन पुगे कोरियाली नेता किम जोङ उन ?
काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उन एक वर्षपछि चीन पुगेका छन्। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार शनिबार किम चीनको सीमावर्ती सहर दान्दोङ पुगेका हुन् । चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुल पार गरेर उनी चीन प्रवेश गरेको बताइएको छ । यद्यपि, भ्रमणबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले तत्काल औपचारिक पुष्टि गरेका थिएनन्। करिब तीन किलोमिटर लामो यो ...
-674483b4-55b2-48e7-9674-cffb53af7e46.jpeg&w=1200&q=75)
पर्वतको कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल
• शरद् ऋतुमा खुला आकाश र हिमालका दृश्यले पर्यटकीय गन्तव्यहरु आकर्षक बनेका छन्, विशेषगरी कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रे हिमाल। • यो मौसममा पर्यटकले हिमाली दृश्यावलोकन र प्रकृतिसँगको निकटता अनुभव गर्न सक्छन्, जसले पर्यटन व्यवसायीका लागि पनि मुख्य सिजनको रूपमा महत्त्व राख्छ। • प्राकृतिक सम्पदाको प्रचारप्रसार र पूर्वाधार विकासले पर्वतको पर्यटन सम्भावनालाई थप विस्तार गर्न मद्दत गर्नेछ। ...


