विश्वकपको तयारीमा नेपाली महिला यू–१९ टोली, भैरहवामा २८ खेलाडीको बन्द प्रशिक्षण सम्पन्न

रूपन्देही । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए । उनी आईसीसी महिला यू–१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध रहेका छन । नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिएका छन । बन्द प्रशिक्षणबाट खेलाडीलाई आगामी अन्तरराष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । ...

महत्त्वपूर्ण खेलमा नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। ...

म्याग्दी, गोरखा र सुर्खेतमा मुख्य राजमार्ग अवरुद्ध
पहिरो तथा बाढीका कारण म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक आवागमन प्रभावित भएको हो। ...

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । ...


