विराटनगर किंग्समा विदेशी र स्वदेशी हस्ती, उपाधि जित्ने लक्ष्य

काठमाडौं । एनपीएल सिजन ३ मा आन्द्रे रसेल, चरिथ अस्लंका र एन्जेलो म्याथ्युज जस्ता विश्व चर्चित खेलाडीलाई अनुबन्ध गरेको देख्दा विराटनगर किंग्सले उपाधिमाथि कडा आँखा लगाएको देखिन्छ । त्यसै पनि विराटनगर नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनदेखि नै चर्चामा आएको टोली हो । टोलीले पहिलो सिजनमा मार्टिन गप्टिल, क्रिस सोलजस्ता खेलाडी भित्र्याएर चर्चा बटुलेको थियो। दोस्रो सिजनमा त झन् फाफ डुप्लेसिस र मर्चेन्ड डी लाङजस्ता खेलाडीलाई ल्याएर आफ्नो हाइप बढाएको थियो । यद्यपि टोलीले चर्चा अनुसारको उपलब्धि हात पार्न सकेको छैन । पहिलो सिजनमा लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा भने प्रभावकारी रूप देखाउँदै प्लेअफ सम्मको यात्रा तय गरेको थियो । किंग्सको टोलीमा रहेका राष्ट्रिय खेलाडीहरू पनि कोहीभन्दा कोही कम छैनन् । एकदिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरमा बसिर अहमद, प्रतिश जिसी, लोकेश बमजस्ता चर्चित खेलाडी छन् । विराटनगरको प्रशिक्षण यसपटक पनि धम्मिका प्रसादले नै सम्हाल्ने छन् । दोस्रो सिजनमा पनि प्रसाद नै विराटनगरका प्रशिक्षक थिए । विराटनगरको बलिङ कप्तान सन्दीप र प्रतिसमै निर्भर रहने देखिन्छ । दुई सिजनमा सन्दीपले २३ र प्रतिसले १८ विकेट लिएका छन् । अस्लंकाको आगमनले टोलीको ब्याटिङ पनि बलियो बनेको छ । अस्लंकालाई लोकेश र बसिरले प्रमुख ब्याटरका रूपमा साथ दिने छन्। दुई सिजनमा गरी बसिरले ३७२ र लोकेशले ३१२ रन बनाएका छन् । आन्द्रे रसेल टोलीका प्रमुख अलराउन्डरका रूपमा रहनेछन् । विश्वभरका फ्रेन्चाइज लिगको अनुभव लिएका उनीबाट टोलीले ठूलो आस गरेको छ । रसेल ब्याटिङ र बलिङ दुवैमा घातक बन्नेछ। उनको प्रदर्शनले विराटनगरको नतिजामा सकारात्मक प्रभाव पर्ने विश्वास गर्ने नै छ। यसैगरी, विराटनगरले शुभम रन्जानेलाई निरन्तरता दिएको छ । गत सिजन रन्जानेले ८७ रन प्रहार गर्नुका साथै पाँच विकेट लिएका थिए। विराटनगरले एनपीएलको तयारी भारतमा गरेको थियो । त्यहाँ रणजी ट्रफी खेलेका खेलाडीसँग प्रशिक्षण गर्नुका साथै स्थानीय क्लबसँग अभ्यास खेल पनि भएको थियो । भारतको तयारीले एनपीएलमा उत्कृष्ट प्रदर्शन हुने क्लबको विश्वास छ । विराटनगर किंग्स एनपीएलको उपाधिको खोजीमै छ। एमडीएम ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको थियो। टोलीका मालिकहरूले यसपालि पनि खुल्ला हृदयले विदेशी खेलाडीका लागि लगानी गरेका छन्। त्यसको प्रतिफल भने हेर्न बाँकी नै छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...


