काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो १० ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ८१ रन बनाएको छ। पहिलो ओभरमा सस्तैमा सेहान जयसूर्यालाई गुमाएपछि सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै लोकेश बम र इमरान शेख क्रिजमा टिकिरहेका छन्। १० ओभरको खेल सकिँदा विराटनगरको रनरेट ८.१० पुगेको छ। लोकेश बमले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३९ रन बनाएर खेलिरहेका छन् भने अर्का ब्याटर इमरान शेखले ३३ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाएर उनका साथ दिइरहेका छन्। जनकपुरका लागि मोइन अलीले १ विकेट हात पारेका छन्।
विराटनगरले पहिलो १० ओभरमा जोड्यो ८१ रन, लोकेश र इमरान क्रिजमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






