विराटनगरका रेस्टुरेन्ट व्यवसायी जङ्गलमा मृत फेला

विराटनगर । लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्। विराटनगर महानगरपालिका–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। खत्रीले जर्मनीमा ६ वर्ष र दुबईमा दुई वर्ष बिताएका थिए। वैदेशिक रोजगारीको अनुभवपछि स्वदेश फर्किएका उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। स्वदेशमै उद्यम गर्ने उद्देश्यसहित व्यवसायमा सक्रिय खत्रीको असामयिक निधनले स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा साँचोको रिङ फेला परेको छ। खत्रीको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...

एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक
भारतका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू एआईलाई तालिम दिन आफ्नो दैनिक कामको भिडियो खिचिरहेका छन् । उनीहरूले खिचेका भिडियो प्रविधि कम्पनी र अनुसन्धान संस्थाहरूलाई बिक्री गरिन्छ । ती संस्थाहरूले विशेषगरी... ...

युट्युबमा आयो नेपाली वेब सिरिज ‘तथास्तु’
नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के।बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो। गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्... ...

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले ...


