Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा
Photo / Coverage: नेपालन्युज

म्याग्दी। मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका निजी आवासको पुनर्निर्माण, प्रबलीकरण र पुनःस्थापनाको प्रयोजनका लागि जनप्रतिनिधि र प्राविधिकहरूको संयुक्त टोलीले विवरण सङ्कलन र मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्याएका हुन् । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार १, २, ३, ४, ५, ६ र ९ नम्बर वडामा स्थलगत निरीक्षण गरी विवरण सङ्कलन, क्षतिको मूल्याङ्कन गरी निस्सा वितरण सकिएको छ । विपदबाट पुगेको निजी आवासको क्षति तथा नोक्सानीको प्रारम्भिक लेखाजोखा तयार, सूचना प्रणालीमा प्रबिष्ट गर्ने, लगत सङ्कलन सम्पन्नताको निस्सा दिने, लाभग्राहीको पहिचान गरी सूचीसहितको विवरण जिल्लामा पठाउने र क्षतिको स्तरअनुसार प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्थापना छुट्याएर लाभग्राही कायम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरिने उपाध्यक्ष आचार्यले बताए । जलजलामा बाढीपहिरोका कारण ३१६ घरमा क्षति पुगेको छ । यस्तै, १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेका प्रारम्भिक विवरण सङ्कलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप लामिछानेले बताए । बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ । सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नम्बर ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नम्बर ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest NewsJust now

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Latest NewsJust now

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० ...

केन्द्रबिन्दु
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Latest NewsJust now

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […] ...

लोकपथ
रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !
Latest NewsJust now

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play