Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विपद्पछिको पुनर्स्थापनाका लागि ५७ मिलियन डलर आवश्यक

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्पछिको पुनर्स्थापनाका लागि ५७ मिलियन डलर आवश्यक
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । रसुवा–भोटेकोसी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, विपद्पछिको प्रारम्भिक पुनर्स्थापनाकै लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर जुटाउनुपर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालका अनुसार गैरआर्थिक क्षतिको मूल्यांकन हुन बाँकी रहेकाले पुनर्निर्माणमा लाग्ने रकमको अनुमान अझ बढ्न सक्छ । बुधबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसमेत समेटिएको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए । प्रारम्भिक पुनर्स्थापनाका लागि आवश्यक ५७ मिलियन डलर जुटाउनु सरकारका लागि चुनौतीपूर्ण रहेको ढकालले बताए । सबै रकम एकैपटक व्यवस्थापन गर्न कठिन हुने भएकाले सरकारले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । यसैबीच, लस एन्ड ड्यामेज फन्डको बैठकले नेपाललाई २० मिलियन अमेरिकी डलर सहयोगका लागि प्रस्ताव पेस गर्ने बाटो खुला गरेको छ । उक्त रकमसँग सम्बन्धित व्यवस्थापन खर्चका लागि १.६ मिलियन डलर छुट्याइएको ढकालले जानकारी दिए । फन्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रस्ताव तयार गरी पेस गर्नेछ । प्रस्ताव चाँडो बुझाउन सके स्वीकृति र कार्यान्वयनको प्रक्रिया पनि छिटो अघि बढ्ने ढकालले बताए । उनका अनुसार प्रस्तावमाथि निर्णयका लागि दुईवटा सम्भावित समयसीमा छन् । नेपालले डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फन्डको बोर्ड बैठकमा प्रस्ताव पेस गर्न सक्नेछ । त्यस अवधिसम्म आवश्यक तथ्यांक संकलन, प्रमाणीकरण र समीक्षा पूरा नभएमा मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकमा प्रस्तावमाथि निर्णय हुन सक्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
Latest NewsJust now

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

काठमाडाैँ । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात... ...

रातोपाटी
औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव
Latest NewsJust now

औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमबार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि ...

टक्सार
नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह
Latest NewsJust now

नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह

३ कारोबार दिनदेखि २७०० विन्दु परीक्षण गरिरहेको नेप्से शुक्रबार २७१३ सम्म पुगे पनि त्यहाँ टिक्न नसकेपछि नाफा सुरक्षित गर्ने क्रम बढेको छ । ...

कान्तिपुर
भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन
Latest NewsJust now

भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो । भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको भन्दै पूर्वसैनिकहरूले भर्ती पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि १२ अगस्ट २०२६ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play