Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो । भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको भन्दै पूर्वसैनिकहरूले भर्ती पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पनि पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती प्रक्रिया खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए । त्यस्तै, १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेला पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए । तर, उक्त भ्रमणका क्रममा भर्ती प्रक्रिया पुनः सुरु गर्ने विषयमा कुनै ठोस सहमति हुन सकेन । सोमबारको प्रदर्शनमा सहभागीहरूले बेरोजगार नेपाली युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्नसमेत माग गरेका छन् । उनीहरूले सचिवस्तरीय निर्णय खारेज गरी पूर्वगोर्खा सैनिकका संस्था तथा संगठन दर्ता र नवीकरण गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमान्डुले गुमायो चौथो विकेट
Latest NewsJust now

काठमान्डुले गुमायो चौथो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गोर्खाजले चौथो विकेट गुमाएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली याक्ससँगको खेलमा काठमान्डुले चौथो विकेटको रुपमा भीम सार्कीलाई गुमाएको हो । उनी ४ बलमा... ...

रातोपाटी
सरकार सरकार जस्तो छैन: शंकर पोखरेल
Latest NewsJust now

सरकार सरकार जस्तो छैन: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिले राज्य सञ्चालनको विषयलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन्।  सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहोदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई... ...

नेपालखबर
परराष्ट्रमन्त्री खनालसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक १६ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–बे... ...

गोरखापत्र
काठमान्डुले गुमायो तेस्रो विकेट
Latest NewsJust now

काठमान्डुले गुमायो तेस्रो विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमान्डु गोर्खाजले तेस्रो विकेट गुमाएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली याक्ससँगको खेलमा काठमान्डुले तेस्रो विकेट गुमाएको हो। आदिल आलम २७ बलमा २० रन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play