काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको छ ।आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३ सय ९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७.०१ रुपियाँ बराबरको कारोबार भएको छ ।बेनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १३.५८ प्रतिशत नाफा कमाएका छन् भने सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.८६ प्रतिशतले घाटा व्यहोरेका छन् ।आज घलेम्दी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ६३ लाख ७७ हजार ४ सय ५१.२० रुपियाँ बराबराको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । The post साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






