Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए

विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए

चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै दशैंको खुसी साटासाट गरेका हुन्। सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन्। होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, राइनो लज एण्ड होटलका सञ्चालक रामकुमार अर्याल तथा हालै सञ्चालनमा आएको होटल रोयल टुलिपका सेफ कुमार बोगटीले पर्यटकलाई टीका र जमरा लगाइदिँदै आशीर्वाद दिएका थिए। विदेशी भूमिमा आफ्नै देशको चाडपर्व मनाउने अवसर पाउँदा पर्यटकहरू निकै उत्साहित देखिन्थे। नेपाली परम्पराअनुसार टीका र जमरा लगाउँदै आशीर्वाद ग्रहण गर्दा उनीहरूका लागि दशैंको अनुभव थप विशेष बनेको थियो। होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठले विगत पाँच वर्षदेखि विदेशी पर्यटकसँग नेपाली संस्कृति र परम्परा साटासाट गर्दै आएको बताइन्। दशैंका दिन पनि पर्यटकको सेवाका लागि होटल खुला राखिएको उनले जानकारी दिइन्। सौराहाका विभिन्न होटलमा अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशका ३५ जनाभन्दा बढी पर्यटकले दशैंको टीका र जमरा लगाएका थिए। नेपालका विभिन्न स्थान घुम्दै सौराहा आइपुगेका विदेशी पर्यटक नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाउँदा खुसी देखिन्थे। अमेरिकाबाट आएका डविटले नेपालीहरूसँगै दशैं मनाउन पाउँदा खुसी लागेको बताए। “नेपाली नागरिक आत्मीय र मित्रवत् छन्, नेपाल सुन्दर छ,” उनले भने। आयरल्यान्डबाट आएकी सेरिजेन्टले यसअघि नेपाल घुम्न आएका साथीहरूबाट नेपाली परम्परामा रमाएको अनुभव सुनेको बताउँदै यसपटक आफैँ टीका र जमरा लगाएर दशैं मनाउन पाउँदा खुसी लागेको बताइन्। आयरल्यान्डकै फोरिभले विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न आफू चाडपर्वका बेला यात्रा गर्ने गरेको बताए। अस्ट्रेलियाबाट आएकी जयाले पनि नेपाली संस्कृति नजिकबाट बुझ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। होटल पार्क साइडका सञ्चालक शिरलाल परियारले विदेशी पर्यटकसँगै दशैं मनाउने परम्परालाई निरन्तरता दिनु पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको बताए। यस्ता गतिविधिले पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग नजिक बनाउने उनको भनाइ छ। चितवनको सौराहामा पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। यहाँ आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनले मात्र नभई नेपाली चाडपर्व तथा सांस्कृतिक परम्पराले समेत आकर्षित गर्ने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ। नेपाली र विदेशीबीच संस्कृति तथा परम्पराको आदानप्रदानले सौराहाको पर्यटनलाई थप विविध र आकर्षक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पुरानो बाचाको नयाँ परीक्षा
ताजा खबरJust now

पुरानो बाचाको नयाँ परीक्षा

बडादसैँको टीकाका अवसरमा बिहान ७ बजेर १७ मिनेटमा (४ कात्तिक २०८३) प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो व्यक्तिगत फेसबुकमार्फत भ्रष्टाचार, कुशासन, प्रशासनिक ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गरे। उनले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने चाडलाई देशको शासन प्रणाली सुधार्ने सामूहिक सङ्कल्पसँग जोडे। भ्रष्टाचार र कुशासनलाई आसुरी प्रवृत्तिका रूपमा व्याख्या गर्दै उनले नागरिकलाई आफ्ना लागि सरकार ...

नेपालन्युज
अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने  २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
ताजा खबरJust now

अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने  २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

काठमाडौं- अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समय सीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको ...

विश्वखबर
आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता
ताजा खबरJust now

आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग तेस्रो संस्करणका सम्पूर्ण खेललाई मान्यता प्रदान गरेको छ।  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्। ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हने तेस्रो सं... ...

नेपालखबर
भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’
ताजा खबरJust now

भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play