Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छः विद्यादेवी भण्डारी
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छिन् । बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् । उनले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भएपनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन् । जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ । भण्डारीले जलविद्युत, खाद्य प्रशोधन, जडिबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवद्र्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवद्र्धन गर्न सकिने बताइन् । यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड दिइन् । प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् । उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि उल्लेख गरिन् । पूर्वराष्ट्रपति भण्डारीले देशको आर्थिक रूपान्तरणका लागि प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्ने खाँचो औंल्याइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा
Latest NewsJust now

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेश गरेको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका ...

केन्द्रबिन्दु
विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन
Latest NewsJust now

विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा आयोजित ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्नो पर्यटन सम्भावना र विविध गन्तव्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरेक... ...

गोरखापत्र
लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे
Latest NewsJust now

लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे

रसुवा।भोटेकोशी बाढीपछि लामो समय सुनसान जस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्प जस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play