Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका छन् । जसमा आन्द्रे,मोइन,हसन,मलानबाहेक सबै नेपाली खेलाडी छन् । आठ प्लेयर अफ दी म्याचमा पनि नेपालीकै नाममा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये एक खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा ८ नेपाली र ४ विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् । प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल,चितवनका कमलसिंह ऐरी,कर्णालीका कप्तान सोमपाल कामी, युनिश विक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी,जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहेका छन् । यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन,विराटनगरका आन्द्रे रसेल,लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहेका छन् । रसेल दुई खेलमा प्लेयर अफ दी म्याच भएका थिए । सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोरमा पनि नेपाली खेलाडी हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको पहिलो नम्बरमा विराटनगरका लोकेश बम रहेका छन् । लोकेशले चार खेलमा दुई अर्धशतकसहित १८८ रन जोड्दै सर्वाधिक रन बनाउने सूचीको पहिलो नम्बरमा रहेका छन् । सर्वाधिक रन बनाउने दोस्रो नम्बरमा विराटनगरका विदेशी खेलाडी आन्द्रे रसेल रहेका छन् । रसेलले एक अर्धशतकको मद्दतमा १४१ रन बनाएका छन् । ११९ रन बनाएका कर्णालीका अरिफूल इस्लाम तेस्रो,११२ रन बनाएका जनपुरका सैफ हसन चौथो र १०८ रन बनाएका जनकपुरकै मोइनल अली पाचौं स्थानमा रहेका छन् । लोकेश प्रतियोगितामा उच्च व्यक्तिगत रन बनाउने खेलाडी समेत हुन् । उनले एकटै खेलमा बनाएको ८७ रन व्यक्तिगत उच्च रन हो । लोकेश सर्वाधिक छकका र चौका हिर्काउने खेलाडीको पहिलो नम्बरमा समेत छन् । उनले हालसम्म १६ छ्रक्का र ११ चौका हानेका छन् । यो सूचीको दोस्रो नम्बरमा विराटनगरकै आन्द्रे रसेल छन् । उनले १४ छक्का र ८ चौका हिर्काएका छन् । सर्वाधिक विकेट लिनेमा विदेशी र क्याच गर्नेमा नेपाली सर्वाधिक विकेट लिने खेलाडीमा भने विदेशी खेलाडी अगाडी रहेका छन् । जनकपुरका मोइन अली ७ विकेट लिदैं पहिलो स्थानमा छन् । समान ७/७ विकेट लिएका विराटनगरका एन्जेलो म्याथ्यूज र कर्णालीका कप्तान सोमपाल कामी क्रमशस् दोस्रो र तेस्रो स्थान छन् । समान ६/६ विकेट लिएका सुदूरपश्चिमका अनिल खरेल चौथो र जनकपुरका कप्तान हर्मित सिंह पाचौं नम्बरमा रहेका छन् । सबैभन्दा बढी क्याच समात्नेमा कर्णालीका गुल्सन झा रहेका छन् । उनले ५ क्याच समातेका छन् । यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका राहुल यादवले ४/४ क्याच लिएका छन् । सर्वाधिक रन बनाउने टिममा कर्णाली याक्स रहँदा कम बनाउने सुदूरपश्चिम रहेको छ । कर्णालीले एकै इनिङमा १८७ रनाएको उच्च स्कोर हो । सुदूरपश्चिमले बनाएको ७० रन बनाएको न्यून स्कोर हो । वर्षाका कारण ५ ओभरमा घटाइएको विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले ७० रन थियो । उच्च साझेदारी लोकेश बम र इमरान शेखबीच प्रतियोगितामा विराटनगरका लोकेश बम र इमरान शेखबीच भएको १०७ रनको साझेदारी नै उच्च हो । जनकपुरकाविरुद्ध लोकेश र इमरानले यो उच्च साझेदारी गरेका हुन् । अंकतालिकामा लुम्बिनी पहिलो पोखरा पुछारमा कीर्तिपुर मैदानमा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । सहभागीमध्ये हालसम्म लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छन् । समान ४/४ अंक भएका विराटनगर,कर्णाली,जनकपुर,सुदूरपश्चिम क्रमशस् दोस्रो,तेस्रो,चौथो र पाचौं स्थानमा रहेका छन् । अंकतालिकाको छैटौं स्थानमा भने चितवन, सातौं स्थानमा काठमाडौं र पुछारमा पोखरा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर ५ गते समापन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रममा ४०४ पिन्ट रगत संकलन
OthersJust now

कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रममा ४०४ पिन्ट रगत संकलन

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न शाखामा आयोजना गरेको कार्यक्रममा कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् । […] ...

लोकपथ
संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?
OthersJust now

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ? कसले चलाउदै छ ? भन्ने प्रश्न उठेको हो । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सरकारले चारैतिर हात हालिरहेको बताइन् । ‘वास्तवमा हामी अहिले कस्तो लाग्छ भने चारैतिर हात हालेको… ...

अनलाइन खबर
प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज
OthersJust now

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत र साधनको दुरुपयोग तथा सामन्ती सोचको उपज भएको उनीहरूको ठहर छ । प्रतिष्ठानले गत १७ कात्तिक गते गान निर्माणका लागि… ...

अनलाइन खबर
राज्य आतङ्क फैलाएको भन्दै नेकपाले उठायो सरकारमाथि १० प्रश्न
OthersJust now

राज्य आतङ्क फैलाएको भन्दै नेकपाले उठायो सरकारमाथि १० प्रश्न

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीको तर्फबाट बोल्दै नेकपा सांसद बलावती शर्माले पत्रकारदेखि न्यायाधीशसम्म त्रसित रहेको र सरकार कहाँबाट सञ्चालित छ ? भनेर प्रश्न गरिन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play