विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय मान्यताअनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किँदा चन्द्रमा दाहिने र सम्मुख पर्ने भएकाले यसलाई शुभ मानिन्छ। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले दिनभर जुनसुकै समयमा टीका लगाउन सक्ने भए पनि राज्य सञ्चालकका लागि भने साइतको विशेष महत्व हुन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वको ऐतिहासिक र धार्मिक महत्व छ। त्रेता युगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा विजयादशमी मनाउन थालिएको विश्वास गरिन्छ। समृद्धिको प्रतीक मानिने पहेँलो जमराको औषधीय गुणसमेत रहेको वैज्ञानिक तथ्य पुष्टि भइसकेको छ। टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने भए पनि नेपालका केही स्थान र समुदायमा भने आजको दिन मात्र टीका लगाउने चलन छ। कतिपय समुदायले आफ्नो कुल परम्पराअनुसार दही र अक्षता मुछेर सेतो टीका पनि लगाउने गर्दछन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...

निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक
KCNA ब्रेन हेमरेजका कारण निधन भएको हल्लाबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन त्यहाँको सरकारी सञ्चारमाध्यममा एकदमै स्वस्थ अवस्थामा देखिएका छन्।सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्वीरहरूमा ४२ वर्षीय तानाशाह आफ्नी छोरीसँगै ...

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डन।लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ। फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। त्यसयता ...


